logo
२०८१ बैशाख १४ शुक्रवार



योजना बनाउँदै राष्ट्रिय महिला आयोग

खुला |


योजना बनाउँदै राष्ट्रिय महिला आयोग


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । राष्ट्रिय महिला आयोगले महिला हिंसा न्यूनीकरणका लागि तेस्रो रणनीतिक योजना बनाइरहेको छ । आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा आफ्नै भवन निर्माण गर्ने, महिला हकहित र अधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा आयोगलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्नेलगायतका बुँदा योजनामा समेटिएको जानकारी दिइयो । नेपाल सरकारका पूर्वसहसचिव डा. तीर्थ ढकालले महिला हकहित र अधिकारसम्बन्धी नीति तथा कानुनको तर्जुमा, परिमार्जन एवं कार्यान्वयनको सन्दर्भमा अनुगमन गर्नुपर्ने बताउनुभयो ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले हरेक क्षेत्र र निकायको परामर्शका आधारमा रणनीतिक योजना तयार गरिने बताउनुभयो । आयोगका सदस्य कृष्णकुमारी खतिवडाले प्रदेश र जिल्लागत रूपमा पनि शाखा विस्तार गर्नुपर्ने औँल्याउनुभयो । सांसद एवं आयोगका पूर्वसदस्य बिन्दा पाण्डेले महिला हितका लागि अन्तर्राष्ट्रिय महासन्धिले निर्देशित गरेका प्रावधानअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?