logo
२०८१ जेष्ठ ५ शनिवार



बाक्लो हुस्सुसँगै तराईमा चिसो बढ्यो

खुला |
प्रदेश |


बाक्लो हुस्सुसँगै तराईमा चिसो बढ्यो


माला कर्ण
सप्तरी, पुस १७ गते । मौसममा आएको परिवर्तनले पूर्वी तराई मधेशमा तीन दिनदेखि चिसो बढेको छ । चिसो बढेकाकारण सप्तरीसहित तराईका जिल्लाको जवजीवन प्रभावित बनेको छ । हुस्सु बाक्लोगरी लाग्न थालेसँगै बढेको चिसोले गाउँ तथा वजारमा सर्वसाधारणको चहल पहल कम भएको छ ।

पुसको पहिलो सातासम्म चिसोको खासै प्रभाव नरहे पनि १५ पुसदेखि तराईमा चिसो बढ्न थालेको छ । अत्यधिक चिसोका कारण मुख्यरुपले बालबालिका, वृद्धवृद्धा, विपन्नमा समस्या देखिएको छ । त्यस्तै, अत्यधिक चिसोका कारण बजार क्षेत्रमा मान्छेको चाप पातलिएको छ । बजार क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएपछि व्यापारिक कारोबारसमेत प्रभावित भएको व्यवसायीहरुको भनाई छ ।

विगतका वर्षहरुमा हामीजस्तो बुढापाकाहरुका लागि आगो ताप्न दाउराको पनि व्यस्था गरिएको थियो, तर यस वर्ष कसैले केही नगरेको राजविराज नगरपालिका ७ का सुकदेव रामले गुनासो गर्नुभयो । शीतलहरको व्यवस्थापनको लागि स्थानीय तहसँग पूर्व तयारी देखिएको छैन । आवश्यक्ता परेको स्थानमा दाउरा बाल्ने बाहेक अन्य कुनै तयारी तत्काल नरहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र खडक नगरपालिकाका प्रमुख हेमायु हकले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?