logo
२०८१ जेष्ठ ८ मंगलवार



उच्च भागमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

खुला |
प्रदेश |


उच्च भागमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध



नवीन शिशिर विक
बागलुङ, पुस १४ गते । बागलुङका उच्च पहाडी क्षेत्रमा हिमापात भएको छ । मङ्गलबार साँझदेखि भएको हिमपातले मध्यपहाडी लोकमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।
लोकमार्गको ढोरपाटन–रुकुम खण्डको पाती हाल्ने क्षेत्रमा सडकमा हिउँमा जम्मा बागलुङदेखि रुकुम र रुकुमदेखि बागलुङ हुँदै काठमाण्डौ तथा अन्य क्षेत्रका लागि छुटेका सवारी साधा बाटोमै अलपत्र परेको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लीलामणि उपाध्यायले जानकारी दिनुभयो ।

बागलुङदेखि रुकुमको लागि छुटेका छ वटा बसका यात्रुसहित प्रहरी टोली हिउँ पन्छाउँदै अवरुद्ध सडक खुलाउन थालेको प्रसनि उपाध्यायले बताउनुभयो । जिल्लाको तल्लो तल्लो भागमा समेत हिउँ झरेको छ । ढोरपाटन उपत्यकमा बाक्लो हिउँ पर्दा सो क्षेत्रको सडक तथा सञ्चार सञ्जाल अवरुद्ध भएको छ ।

सोलार प्यानलबाट सञ्चालन हुने नेपाल टेलिकमको टावर चार्ज नहुँदा सञ्चालन हुनसकेको छैन । बाक्लो हिमपातको कारण जनजीवन कष्टकर बनेको स्थानीय श्याम विकले जानकारी दिनुभयो । ढोरपाटन क्षेत्रका विद्यालय बन्द भएका छन् । स्थानीय बाहिरी कामकको लागि घरबाट निस्कन सकेका छैनन् ।

निसीखोला गाउँपालिकाको माथिल्लो भाग, गाजा दह, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका काठेखोला गाउँपालिकाको धम्जा, बिहुँ घोडाबाँधे, बुर्तिवाङमा तल्लो भागसम्म हिमपात भएको छ । हिउँले उच्च पहाडी क्षेत्र छपकै छोपेको छ । वर्षा र हिमपात हुँदा गहुँखेती सर्प्रने आशामा कृषकहरु खुसी भएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधेदेखि बुर्तिवाङ खण्डको ठाउँ ठाउँमा हिमपात भएको यात्रु हरिहर शर्माले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?