logo
२०८१ जेष्ठ ३ बिहीवार



डोजरे विकासले गाउँबस्ती जोखिममा पर्दै

खुला |
प्रदेश |


डोजरे विकासले गाउँबस्ती जोखिममा पर्दै


राजन राउत
हुम्ला, पुस १० गते । समुदायको विकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले एकातर्फ नागरिकलाई सहज बनेको छ भने अर्कोतर्फ ग्रामीण बस्तीहरु जोखिममा पर्नेगरेका छन् । बस्तीहरुमा सम्भावित जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिदा वर्षा तथा हिमपातका बेला बस्ती पहिरोको जोखिमको सम्भावना बढाएको हो ।

ताँजाकोट–१ को काँडगाउँका स्थानीय हिक्मतजंग खड्काले तीन वटाभन्दा बढी बस्तीहरुमा जथाभावी ग्रामीण सडक निर्माण कार्यले जोखिम बढाएको बताउनुभयो । बिकासका लागि सडक नभई नहुने बिकास भएपनि गाउँपालिकाले बस्ती जोगाउनेतर्फ ध्यान नदिंदा समस्या देखिएको उहाँको भनाइ छ ।

भिरालो जमिनमा बस्तीलाई सुरक्षित राख्नेतर्फ प्राबिधिक रुपमा ध्यान दिन नसक्दा दूरदराजका यी बस्तीमा कुनै पनि बेला पहिरो जानसक्ने सम्भावना बढी देखिएको बताउनुभयो । बिकासले बिनास निम्त्याएको उहाँले बताउनुभयो । काँडाजिमानाका यी वस्तीका छरिएका घरलाई जथाभावी सडक निर्माण गर्ने कार्यले पहिरो जान सुरु भइसकेको गुनासो गर्दै उहाँले सडक निर्माण कार्य भइसकेकोले अब बस्ती स्तान्तरणतर्फ गाउँपालिका र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सो वडाका सबै बस्तीमा १६० घरधुरी छन् । कतिपय घरका छेउमै सडक निर्माणकार्य भएकोले भिरालो जमिन भएको कारण कुनै पनि बेला पहिरो खस्नसक्ने देखिएको बताउनुभयो । २०७० सालमा भिरालो जमिन भएकाकारण बर्खायाममा वर्षासँगै पहिरो जाँदा ठूलै क्षेती भएको उहाँको भनाइ छ ।

अहिले सोही क्षेत्रमा सडक जथाभावी मेशिनले खनेको कारण जमिन दलदल भएको उहाँले बताउनुभयो । जिमाना गाउँका अर्का स्थानीय छप्कीलाल खड्काले पानी पर्न सुरु हुने बित्तिक्कै स्थानीय चियो बसेर घरमा  बस्नुपर्ने अवस्था आएको दुखेसो सुनाउनुभयो । बढी हावाहुरी लागेकाबेला भिरालो जमिनबाट माटो र ढुङ्गा आफै खस्नेगरेको उहाँले बताउनुभयो ।

डोजरे बिकासले बस्तीमा जोखिम बढाएको भन्दै उहाँले सरोकारवाला पक्षको ध्यानाकर्षण गराउनुभयो । विकास सँगसँगै बस्तीको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?