logo
२०८१ बैशाख २८ शुक्रवार



८३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

खुला |
प्रदेश |


८३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


तिलाचन पाण्डे
तम्घास, पुस ३ गते । रेसुङगा नगरपालिका ९ का ७० बर्ष माथिका ८३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा (ब्लाङकेट) र च्यवनप्रास प्रदान वितरणसहित सम्मानित गरिएको छ । नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उहाँहरुलाई सम्मान गरिएको वडा अध्यक्ष नारन सुनारले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एंव नगरप्रमुख डिल्लीराज भुसालले जेष्ठ नागरिकहरु नगरका सम्मानित ब्यक्तित्व भएको बताउनुभयो । उहाँहरुसँग धेरै पहिलेदेखिको बिकास निर्माणलगायत अन्य क्षेत्रको पनि अनुभब भएको भन्दै उहाँहरुको अनुभबबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताउनुभयो ।

भुसालले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभएको छ । चिसो समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यले बिशेष ख्याल र स्याहार सुसारमा ध्यान दिन आग्रह गर्नुभयो । नगरप्रमुख भुसालले जेष्ठ नागरिकलाई घृण नगरी माया गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि भएका बिकास निर्माणमा भएका कार्यको बिकास दर्पण पनि विमोचन गरिएको छ । नगरप्रमुख भुसालले आफूहरुले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पुरा हुँदैगएको बताउनुभयो । नगरका जनताको समस्यालाई समाधान गर्न नगरपालिका सधै साथमा रहेको भुसालले बताउनुभयो ।

नगरपालिका भित्रका नागरिकको आयआर्जनमा बृद्धि नभएसम्म बिकासको महसुस नहुने भन्दै भुसालले आयआर्जनमा बृद्धि गर्नेखालका कार्यक्रमलाई नगरले प्राथमिकतासाथ अगाडि बढाएको बताउनुभयो । नगरभित्र कृषि, पशुपालन र पर्यटनको सम्भाबना रहेको भन्दै यी क्षेत्रलाई ब्यबसायिक रुपमा अगाडि बढाएको चर्चा गर्नुभयो ।
आफूहरु निर्वाचित भएर आएपश्चात नगर बिकासले फड्को मारेका भुसालको दाबी छ । यस्तै सोही कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा खटिने ब्यक्तिलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?