logo
२०८१ जेष्ठ ३ बिहीवार



ट्रकको ठक्करले बालिकाको मृत्यु

खुला |
प्रदेश |


ट्रकको ठक्करले बालिकाको मृत्यु


शालिग्राम नेपाल
चितवन, पुस २ गते । भरतपुरको वसन्तचोकमा ट्रकले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर १२ वसन्तचोकमा ०३–००१ ख १३०६ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ निवासी ३ वर्षीया दीपिका जोशीको मृत्युभएको हो ।

रोकिई राखेको ट्रक अगाडि वढाउन खोज्दा बालिकालाई ठक्कर दिएको चितवनका ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो । शुक्रबार दिउसो २ बजे भएको दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका थिए । आगजनीबाट ट्रकमा क्षती भएको प्रहरीले जनाएको छ ।

मृतककी आमा २४ वर्षीया सम्झना जोशीसँगै बाटो काट्नेक्रममा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । प्रहरीले भने रोकिराखेको ट्रक अगाडि वढ्दा ठोक्किएर घटना स्थलमा मृत्यु भएको जानकारी दिएको छ । घटनापछि चालकलाई कारवाहीको माग गर्दै स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । अवरुद्ध राजमार्ग प्रहरीले खुलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?