logo
२०८१ बैशाख १४ शुक्रवार



हुम्ला माओवादी केन्द्रको गाउँपालिकामा नयाँ नेतृत्व

खुला |
प्रदेश |


हुम्ला माओवादी केन्द्रको गाउँपालिकामा नयाँ नेतृत्व


राजन राउत
हुम्ला मङ्सिर २२ गते । नेकपा (माओवादी केन्द्र) हुम्लाको सातवटै गाउँपालिका अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ । आकांक्षी धेरै हुँदा लामो प्रयासपछि अधिबेशन लम्ब्याएरै केन्द्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष लालकेश जैसीले जिल्लाका सातवटै गाउँपालिका अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको बताउनुभयो । उहाँले नयाँ नेतृत्व चयन भएका गाउँपालिकामा नाम्खामा प्रेमबहादुर लामा, सिमकोट ताक्ला जिक्मेत लामा, खार्पुनाथमा ज्ञानबहादुर शाही, सर्केगार्डमा चन्द्रसिंह कार्की, चंखेलीका कालीबहादुर बुढा, अदानचुलीमा हरिदल पुन र ताँजाकोटमा अकबिर खड्काको अध्यक्षतामा कमिटी नयाँ र निर्बिरोध चयन भएको बताउनुभयो ।

यसअघि छवटा गाउँपालिकाको नेतृत्व चयन भएको भएपनि खार्पुनाथमा बाँकी थियो । खार्पुनाथमा पनि नेतृत्व चयन भएको उहाँले बताउनुभयो । अधिबेशनबाट तीन जना उपाध्यक्ष, एक जना सचिब, एक जना सहसचिब र एक जना कोषाध्यक्ष पदाधिकारीका रुपमा छनौट हुनुभएको छ । माओवादी केन्द्रको सबै गाउँपालिकाका कमिटी भुगोल, समावेशीसहित ४८ जना सदस्य गरी ५५ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ ।

३५ प्रतिशत महिला र २० प्रतिशत युवा कमिटीमा आउन सफल भएको उहाँले बताउनुभयो । पार्टीको बिधानअनुसार १५ प्रतिशत दलित हुनुपर्ने ब्यवस्थाअनुसार दलित भएको गाउँपालिकामा सो संख्या समेटिएको बताउनुभयो । मङ्सिर ११ गते सबै गाउँपालिकामा एकसाथ सुरु भएको अधिबेशनको उद्घाटनसत्र पछि नेतृत्वका लागि आकांक्षी धेरै हुँदा दुई दिन लम्बिएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?