logo
२०८१ बैशाख १५ शनिवार



मादी पुल संरक्षणको लागि तटबन्धको काम हुँदै

खुला |
प्रदेश |


मादी पुल संरक्षणको लागि तटबन्धको काम हुँदै



अमरराज नहर्की
तनहुँ, मङ्सिर २२ गते । व्यास नगरपालिकाको वडा नं. ५ र ३ को दमौली बजार जोड्ने मादी नदी पुुलको संरक्षणको लागि तटबन्धको काम तीव्र गतिमा भइरहेको छ । ३७० मिटर लामो उक्त पुल नदीको कटानले कमजोर बन्न लागेकाले सङ्घीय सरकारको आर्थिक सहयोगमा तटबन्धको काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
कार्यालयका अनुसार ५८ लाख रुपियाँको लागतमा उक्त तटबन्धन कार्य भइरहेको छ । बाढीले धेरै नोक्सान पु¥याएको क्षेत्र व्यास नगरपालिका वडा नं. ३ को क्षेत्रमा पर्ने पुलको कुना पट्टिको भागमा ग्याबियन गर्न थालिएको निर्माण कार्य गरिरहेको गेरु निर्माण सेवाका सञ्चालक इन्जिनियर सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । ‘‘काम तीव्र रुपमा भइरहेको छ, यतिबेला नदीको पुल मुनि ग्याबियन तार जाली भर्ने कार्य गरिएको छ’’ इन्जिनियर श्रेष्ठले भन्नुभयो, '१५ जना मजदुरहरु काममा खटिएको र ७६ मिटर भागमा तटबन्धनको काम भइरहेको हो ।'

असार साउनमा मादी नदीमा आएको ठूलो बाढी र पुल र आसपास क्षेत्रको खेतीयोग्य जमिन कटान गरी क्षति पु¥याएकाले तटबन्धन गरिएको कार्यालयले जनाएको छ । यस अघि मादी नदीमा व्यास ५ पट्टिको भागतर्फ ग्याबियन गरिए पनि व्यास ३ को कुनापट्टिको भाग छोडिएकाले बाढी भतेरीमा पसेको स्थानीयले जानकारी दिएका छन् । स्थानीय अशोककुमार श्रेष्ठले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले भतेरीको संरक्षणका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

दमौली बजारकै संरक्षणका लागि पुल आसपासको क्षेत्र भतेरीतर्फ टेवा पर्खाल लगाउन आवश्यक भएको जानकारी उहाँले दिनुभयो । टेवा पर्खाल लगाएर शान्ति नगर र दुर्गामन्दिर लाईनमा जोखिम परेका करिव तीन सय घरको संरक्षण हुने सो ठाउँका चुडामणी दाहालले जानकारी दिनुभयो ।
मादी नदीको पुलमुनि ग्यावियन तारजाली भर्ने काम गरिँदै, तस्विर–अमरराज नहर्की

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?