logo
२०८१ बैशाख २६ बुधवार



जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

खुला |
प्रदेश |


जबर्जस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
फाइल तस्विर


बेलिना थापा
लमजुङ, मङ्सिर २१ गते । अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शारीरिक र मानसिक अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले बेंसीशहर नगरपालिका १० का ४० बर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङले राईनास नगरपालिका ६ स्थित जङ्गलमा लगी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएकी २५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको कसूरमा प्रहरीले सोमबार साँझ ५ः३० बजेतिर पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार घटनाको एक घण्टामै प्रहरीले पक्राउ गर्न सफल भएको बताएको छ ।

पीडित महिला आफन्तको घर जाने क्रममा एकान्त ठाउँ पुग्दा गुरुङले फेला पारी जङ्गलमा लगी जबर्जस्ती करणी गरेको बुझिएको छ । महिला अबेरसम्म घरमा नआएपछि आफन्तहरुले खोजतलास गर् दैजाँदा जङ्गलमा पीडित महिला र हरिबहादुर गुरुङलाई फेला पारेको थियो ।

गुरुङ घटनास्थलबाट फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी चौकी धमिलिकुँवाबाट खटिएको संयुक्त प्रहरी टोलीले १ घण्टापछि पक्राउ गरेको बताएको छ । उनलाई राईनास नगरपालिका ६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

पक्राउ परेका गुरुङलाई मङ्गलबार लमजुङ जिल्ला अदालतबाट जबर्जस्ती करणीसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?