logo
२०८१ बैशाख १४ शुक्रवार



किसानलाई गहुँको उन्नत विउँ वितरण

खुला |
प्रदेश |


किसानलाई गहुँको उन्नत विउँ वितरण


जयकृष्ण यादव
इनरुवा, मङ्सिर २० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडाका किसानलाई गहुँको बिउँ वितरण गरिने भएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा विउँ वितरण गरिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ को स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख रेनुका चौधरीले जानकारी दिनुभयो ।

चौधरीकाअनुसार ५० प्रतिशत अनुदानमा गहुँ बीउ वितरण कार्यक्रलाई प्रभावकारी बनाउने उद्देश्यले छनौटमा परेका कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत विभिन्न वडाका किसानहरुलाई गहुँ वितरण गरिएको छ ।

वितरण कार्यक्रममा माँ काली कृषिफर्म भोक्राहा नरसिंह गाउँपालिका १ मा ५० प्रतिशत अनुदानमा ४० केजीको ६६ प्याकेट उन्नत जातको विजया गहुँको बीउ वितरण गरिएको हो । उन्नत जातको गहुँको बीउ कृषि सामग्री लिमिटेड इटहरीबाट ल्याइएको चौधरीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?