logo
२०८१ बैशाख १४ शुक्रवार



एैजेरूले शरीर ढाकेका व्यक्ति उपचारका लागि सुषमा मेमोरियल अस्पताल भर्ना

खुला |
समाज |


एैजेरूले  शरीर ढाकेका व्यक्ति उपचारका लागि सुषमा मेमोरियल अस्पताल भर्ना


हरिप्रसाद कोइराला
उर्लाबारी, मङ्सिर ९ गते । उमेरसँगै बढेको(ऐंजेरु ) ले पुरै शरीर ढाकेपछि उपचार खर्च खोजिरहनु भएका मोरङको मिक्लाजुङ–५ खोलिटारका सुवास राई यतिबेला काठमाडौं साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा भर्ना हुनुभएको छ ।

सुवास राई उपचारको खोजीमा शीर्षक राखेर गोरखापत्र दैनिक, राइजिङ नेपाल र गोरखापत्र अनलाइनमा गत कात्तिक पहिलो साता समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि देश देशान्तरका दाताले उहाँलाई उपचार खर्च पठाइदिएका हुन् ।

सानो छँदा मासुको सानो लुर्को मात्र थियो । उसैबेला उहाँका बाबु आमाले सुवासको उपचार गर्ने प्रयत्न गर्नुभयो । तर, उपचार भन्दा बिहान बेलुकाको जाउलो जुटाउने समस्या जटिल बनिदिँदा सुवासको गालामा पलाएको ऐंजेरु पत्तै नपाई निक्कै ठूलो भइसकेको थियो । मोरङको दुर्गम गाउँ खोलिटारमा बस्दै आउनुभएका सुवासको उपचार खर्च जुटाउनका लागि स्थानीय शङ्कर बजगाईले पहल गर्नु भएको थियो ।

आर्थिक अवस्था कमजोर भएका राईको उपचार खर्च जुटाउने अभियान सुरुभएपछि हालसम्म तीन लाख बढी रकम सङ्कलन भइसकेको उपचारमा समन्वय गरिरहनुभएका पत्रकार रहनुभएका तेजन खड्काले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?