logo
२०८१ जेष्ठ ४ शुक्रवार



प्रेस सेन्टर अछाममा नयाँ नेतृत्व चयन

खुला |


प्रेस सेन्टर अछाममा नयाँ नेतृत्व चयन



शिवराज ढुंगाना
अछाम, मंसिर ८ गते । प्रेस सेन्टर नेपाल, अछाम शाखाको पाँचौं जिल्ला अधिवेशनले पुनः नरेन्द्र रावलको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा महेश रिमाल, भारती नेपाली, सचिवमा रमेश परियार, सहसचिवमा चन्द्र भण्डारी, मनोज भुल, कोषाध्यक्षमा रुपक परियार र अन्य सदस्य रहेका छन् ।
प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधिमा पहल साउँद, होम साउँद र जंगबहादुर केसी, प्रदेश प्रतिनिधिमा जनक रावत, टेकराज विक, लालबहादुर चँदारा, नवीन साउँद र सुमन परियारलाई चयन गरिएको छ ।
उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का जिल्ला कार्यालय सदस्य लोकबहादुर बोगटी, नेपाल प्राध्यापक संगठन सुदूरपश्चिम प्रदेश सदस्य झपटबहादुर केसी र प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेकराज भण्डारीले शुभकामना दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?