logo
२०८१ जेष्ठ ७ सोमवार



एमाले दोलखा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित

खुला |
प्रदेश |


एमाले दोलखा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित


बाबुराम शर्मा
चरीकोट, कात्तिक २७ गते । नेकपा (एमाले) दोलखाबाट खुला, दलित, महिला तथा भूगोलतर्फ गरी २३ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

एमालेंका १० औँ राष्ट्रिय महाधिवेशनका लागि खुलातर्फ पाँच, दलिततर्फ दुई, महिलातर्फ सात र भूगोलतर्फ नौ गरी कुल २३ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार शनिबार भएको अधिवेशनबाट खुलामा ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन र कृष्ण भुजेल छन् । दलितमा सुन्दर लामिछाने र टेक घतानी छन् । महिलामा शान्तिकुमारी तमाङ, कालिका पाठक, शान्ति पाख्रन, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य र गोमा केसी छन् ।

त्यसैगरी सबै पालिकामा समानता बनाउन भूगोलतर्फ खुला नरबहादुर श्रेष्ठ (मेलुङ), बालकृष्ण शिवाकोटी (कालिञ्चोक ), भरत केसी (भीमेश्वर नगरपालिका), जिवसराज खडका (तामाकोसी), मित्र जिरेल (जिरी नगरपालिका), हेमन्त चौलागाईँ (वैतेश्वर), धनबहादुर तमाङ (सैलुङ), ठूला थामी बिगु) र शुभ शेर्पा (गौरीशङकर) छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?