logo
२०८१ जेष्ठ ११ शुक्रवार



लमजुङमा नेकपा एमालेका आठवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खुला |
प्रदेश |


लमजुङमा नेकपा एमालेका आठवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन




बेलिना थापा
लमजुङ, कात्तिक ११ गते । लमजुङका आठवटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम पालिका अधिवेशन सकिएको छ ।
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै पालिका अधिवेशन सकिएको एमाले लमजुङले जनाएको छ । एमाले अध्यक्ष धनञ्जय दवाडीका अनुसार चार नगरपालिका र चार गाउँपालिकामा नै सहमतिको आधारमा नेतृत्व चयन गरिएको छ । पालिका अधिवेशनबाट बेंसीसहर नगर कमिटीको अध्यक्षमा राजकुमार विष्ट चयन हुनुभएको छ । उपाध्यक्षमा दुर्गाबहादुर बुढाथोकी, सचिवमा सरद बराल, उपसचिवमा बुना रिमाल र वीरेन्द्र गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । मध्यनेपाल नगर कमिटीको अध्यक्षमा योगेन्द्रनारायण शाह, उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा विष्णुभक्त पौडेल, उपसचिवमा शारदा शाखी र सूर्यबहादुर नेपाली निर्वाचित हुनुभएको छ ।
राइनास नगर कमिटीको अध्यक्षमा पूर्णबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । सुन्दबजार नगर कमिटीको अध्यक्षमा भीमबहादुर गुरुङ चयन हुनुभएको छ । हालसम्म उपाध्यक्ष र सचिव पद टुङ्गो लागेको छैन । अन्य पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।
गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँ कमिटीको अध्यक्षमा चेतबहादुर गुरुङ (शङ्कर) सर्वसम्मत चयन हुनुभएको छ । गाउँ कमिटीको उपाध्यक्षमा जुनु थापा, सचिवमा राम थापा, उपसचिवमा सरोज विक र नन्दराज तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी, उपाध्यक्षमा मानबहादुर गुरुङ चयन हुनुभएको छ ।
क्व्होलासोंथर गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर गुरुङ चयन हुनुभएको छ । उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा गीतबहादुर गुरुङ, सहसचिवमा आसविर गुरुङ चयन हनुभएको छ । दूधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ चयन हुनुभएको छ । सचिवमा फूल तामाङ चयन हुनुभएको छ । मस्र्याङदी गाउँपालिकामा बुधबार र अन्य पालिकामा मंगलबार पालिका अधिवेशन भएको एमाले सचिव कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
एमालेले जिल्लाका ७५ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेपछि मङ्गलबार र बुधबार पालिका अधिवेशन गरेको हो । जिल्लाको पालिका अधिवेशन पनि वडा अधिवेशन जस्तै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो ।
मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको अधिवेशनलाई नेकपा एमालेका सचिव एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्नुभएको थियो ।
नेता गुरुङले एमाले प्रति नागरिकको चासो र उत्साह बढ्दै गएकाले आगामी स्थानीय तह, प्रदेश र केन्द्रमा एमालेको जित निश्चित हुने बताउनुभयो । एमाले एकताबद्ध भएको र हिजोभन्दा आजको शक्ति बढेको उहाँको भनाइ छ ।

१.लमजुङको मर्स्याङ्दी गाउँपालिकाको पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी । तस्बिरः लमजुङ समाचारदाता ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?