logo
२०८१ बैशाख २२ शनिवार



झारफुक गर्ने बहानामा टोकेर श्रीमती र छोरीको हत्या

खुला |
समाज |


झारफुक गर्ने बहानामा टोकेर श्रीमती र छोरीको हत्या
सांकेतिक तस्विर


प्रेम अधिकारी
पशुपतिनगर(इलाम) कार्तिक ९ गते । आफू धामी भन्दै चिन्ता बसेर झारफुक गर्ने बहानामा इलामको देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले आफ्नै श्रीमती र छोरीको टोकेर हत्या गर्नुभएको छ । देउमाई नगरपालिका ५ बारुङको आफनै घरमा चिन्ता बस्नु भएका तामाङले मंगलबार बिहान ३ बजे आफनी ३४ वर्षिया श्रीमती सीता तामाङ र १६ वर्षिया छोरी दिक्षा तामाङलाई शरीका बिभिन्न भागमा टोकेरै हत्या गर्नु भएको हो ।
आपूु धामी उत्रिएको बताउने तामाङले आफनै घरको पूजा कोठामा झारफुक गर्ने भन्दै श्रीमतीको पहिला हत्या गर्नु भएको थियो । श्रीमतीको हत्या पछि छोरीलाई झारफुक गर्ने भन्दै उक्त पूजा कोठामा एक्लै लगेर हत्य गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । एक्ला एकलै झारफुक गर्न भन्दै पूजा कोठामा लगेर तामाङले हत्या गरेको बयान प्रहरीलाई दिनु भएको छ । प्रहरीका अनुसार तामाङका श्रीमती र छोरी बेला बेला बेहोस हुने बिरामी हुँदै आएका थिए ।
तामाङ एक सातादेखि आफनो घरमा चिन्ता बसेको भन्दै पाठपूजा गर्दै आउनु भएको थियो । प्रहरीका अनुसार छरछिमेक कोही नबोलाई एक्लै चिन्ता बसेको बेला तामाङले हत्या गरेको बुझिएको छ ।
तामाङको टोेकाईबाट पत्नी र छोरीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तामाङले पत्नि र छोरीको हत्या गरेको मंगलबार बिहान ६ बजे मात्र थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । हत्या पछि फरार रहेका तामाङलाई मंगलबारे र गजुमुखी प्रहरीले स्थानीय गाउँमा भाग्दै गर्दा पक्राउ गरेको थियो । पक्राउ परेका तामाङलाई थप अनुसन्धाका लागि जिल्ला प्रहरी कार्यालय इलाम ल्याईएको छ । एसपी श्रेष्ठले अन्धबिश्वासका कारण घटना भएको हुनसक्ने जानकारी दिनु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?