logo
२०८१ बैशाख १८ मंगलवार



लमजुङमा ४ दशमलव १ रेक्टरको भूकम्प

खुला |


लमजुङमा ४ दशमलव १ रेक्टरको भूकम्प


लमजुङ समाचारदाता 

लमजुङ, कात्तिक ८ गते ।  लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ८ बजेर ३० मिनेटको समयमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मस्र्याङदी गाउँपालिका ३ खुदीबजार केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । उक्त भूकम्प २०७२ बैशाख १२ गतेकै पराकम्प रहेको केन्द्रले जनाएको छ ।
भूकम्प जिल्लाका अधिकांश स्थानमा महसुस भएको थियो । भूकम्प धक्का आउँदा नागरिक त्रसित भएर बाहिर निस्किएका थिए । २०७२ को पराकम्प पटकपटक आइरहँदा नागरिक त्रसित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?