logo
२०८० चैत्र ६ मंगलवार



दुई जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

स्वास्थ्य |


दुई जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य


काठमाडौं, कात्तिक ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या शून्य रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले मुस्ताङ र मुगुमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर र कास्की जिल्लामा पाँच सयभन्दा माथि सङ्क्रमित रहेको उहाँले बताउनुभयो । यसैगरी सुनसरी, मोरङ, झापा, धनुषा, सप्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बाग्लुङ, स्याङ्जा, रुपन्देही, दाङ, बाँके र कैलाली जिल्लामा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै नेपालमा हालसम्म पीसीआर र एन्टिजेन दुवै विधिबाट ४९ लाख ८० हजार १२३ जनामा कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा आठ लाख सात हजार ५२ जनामा र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ हजार ६९६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?