logo
२०८१ बैशाख १४ शुक्रवार



ज्यान मुद्दाका प्रतिवादी बीस बर्षपछि पक्राउ

खुला |
प्रदेश |


ज्यान मुद्दाका प्रतिवादी बीस बर्षपछि पक्राउ


अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक १ गते । कर्तब्य ज्यान गरी २० बर्षदेखि फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरीले अर्जुनचौपारी गाउँपालिका २ का ५२ बर्षिय पोतबहादुर रोकालाई फक्राउ गरेको हो ।

२०५८ साल पुस १७ गते स्थानिय झलकबहादुर रोकाहालाई कर्तव्य ज्यान मारेको आरोप लागेपछि फरार भई भारतमा लुकीछिपी बस्दैआएका रोकालाई प्रहरीले पक्राउ गरेको हो । रोका दशैको समयमा घर आएको समयमा बिशेष सूचनाको आधारमा घरबाट पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले बताउनुभयो ।

चाडपर्वमा घरमा आएको प्रतिबादीलाई पक्राउ गर्न जिल्ला प्रहारी कार्यालयले अभियान नै चलाएर पक्राउ गरेको बोगटीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?