logo
२०८१ बैशाख १४ शुक्रवार



मूर्ति सेलाउन गएका युवकको डुबेर मृत्यु

खुला |
प्रदेश |


मूर्ति सेलाउन गएका युवकको डुबेर मृत्यु


नगेन्द्रकुमार कर्ण
जलेश्वर, असोज ३१ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा मूर्ति विसर्जनको क्रममा पोखरीमा डुबेर एक युवकको डुवेर मृत्यु भएको छ ।

दुर्गामाताको मुर्ति विर्सजनको क्रममा शनिबारदेखि हराएका जलेश्वर नगरपालिका २ का १८ वर्षिय सुमित साहको शव मुर्ति सेलाएकै पोखरीबाट आइतबार निकालिएको छ ।

स्थानीयबासीहरुले मूर्ति विसर्जनको क्रममा अत्यधिक मदिरा सेवन गरेकाकारण जलेश्वर मटिहानी सडकखण्डमा पर्ने भार्गव पोखरीमा मूर्तिमा दविएर साहको मृत्युु भएको हुनसक्ने आशंका गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले शनिबार साँझदेखि नै साहको खोजी गरिए पनि आईतबार मुर्ति सेलाएको पोखरीबाट शव फेला परेको जानकारी दिनुभयो । मूर्तिमा दविएर नै साहको मृत्यु भएको प्रारम्भिक आशंका रहे पनि पोष्टमार्टम पछि मात्रै थप कुरा भन्न सकिने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?