logo
२०८१ जेष्ठ १ मंगलवार



किसानलाई दशैभन्दा कामको चटारो

खुला |
प्रदेश |


किसानलाई दशैभन्दा कामको चटारो


राजन रावत
हुम्ला असोज २९ गते । बर्षको एक पटक आउने महान चाड दशैभन्दा कृषकलाई पाकेको बाली भित्र््याउने चटारो बढी देखिएको छ । कातिके बाली पाक्ने र थन्क्याउने समय पनि दशैकैबेला पर्ने भएको कारण स्थानीयमा चाडभन्दा बाली थन्क्याउने चटारो भएको हो ।

हिमाली जिल्ला हुम्लामा असोज पहिलो हप्ताबाट सुरु हुने पाकेको बाली थन्क्याउने कार्य कातिक पहिलो हप्तासम्म जारी रहन्छ । यही समयमा दशै पनि पर्ने भएकाले स्थानीयलाई चाडका साथै कामको चटारो सुरु भएको किसान डबले रोकायाले बताउनुभयो । कतिलाई त चाडको पनि प्रबाह नहुने बताउँदै उहाँले पाकेको बाली पशुबस्तुले नोक्सान गर्ने भएकाले भित्र्याउने चटारो भएको बताउनुभयो ।

निकै मिहिनेत गरेको बाली नोक्सान हुनबाट बचाउन पनि दशैजस्तो चाडमा पनि कामलाई किसानले महत्व दिनु बाध्यता भएको हो । केही रमाईलो गरी मनाउने शोच बनाएका किसानलाई पनि छाडा पशुबस्तुको कारण पनि कामलाई महत्व दिनै पर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

यति नगरे भित्र््याउनेबेला बाली खेरजाने चिन्ताकै कारण दशै टाकटुक गरेर मनाउने र काममा ध्यान दिनुपर्ने अबस्था रहेको अर्का किसान दिफकली रावलले बताउनुभयो । उहाँले घरमा बली दिएको खसीको मासु समेत राम्रोसँग खाना नपाईने यो चाड अन्य कुनै महिनामा भए राम्रो हुने बताउनुभयो । दशैं पनि असोज कातिक महिनामा पर्ने र कातिके बाली पाकेर थन्क्याउने चटारो पनि यहीबेला हुने भएकाले किसानलाई चाडभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

कोदो तिप्दै गर्नुभएकी खार्पुनाथ गाउँपालिका– ४ छिप्राकी जुनेली हमालले यति नगरे के खाने भन्ने प्रश्न तेस्र्याउँदै कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता आइलागेको बताउनुभयो । हुम्लामा उत्पादन हुने अधिकांश बाली यही समयमा पाक्ने गर्छ । जसमा कोदो, फापर, चिनो, मिठे फापर, कागुनो लगायतका बाली, आलु, सिमी मास, भटमास, चोतो, कोइरो लगायत तरकारी बाली थन्क्याउनु पर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?