logo
२०७८ कार्तिक २ मंगलवार



सर्पकाे टाेकाइपछि एक विद्यार्थीको मृत्यु

खुला |
प्रदेश |


सर्पकाे टाेकाइपछि एक विद्यार्थीको मृत्यु



नवीन शिशिर विक
बागलुङ, भदौ ५ गते । बागलुङको बरेङ गाउँपालिका–३ नयाँ बजारका एक बालकलाई सर्पले डसेर मृत्यु भएको छ ।
नयाँ बजार बस्ने रिमबहादुर खत्रीको पाँच वर्षीय छोरा अनुप खत्रीको मृत्यु भएको हो । खत्री जनता प्राविको कक्षा एकमा अध्ययनरत विद्यार्थी हुनुहुन्थ्यो ।
सर्पले टोकेर घाईते खत्रीलाई उपचार गर्न गुल्मी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
पठनपाठनको लागि विद्यालय गएका मृतक खत्रीलाई कक्षा कोठामा सर्पले टोकेको प्रहरी सहायक निरीक्षक अमृत कुँवरले जानकारी दिनुभयो ।
सुरुमा केले टोक्यो भन्ने थाहा भएन । कक्षा कोठाबाट सर्प बाहिर निस्केपछि मात्र सर्पले टोकेको पहिचान भएको थियो ।
बिरामी जटिल हुँदै गएपछि नजिकको स्वास्थ्य चौकीमा जाँदा खत्रीको शरीरमा अक्सिजनको मात्रा कमी देखिएको थियो । गुल्मी शान्तिपुरको एक अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?