logo
२०८१ बैशाख १५ शनिवार



गोरुले हानेर वृद्धाको मृत्यु

खुला |
प्रदेश |


गोरुले हानेर वृद्धाको मृत्यु


बिर्तामोड समाचारदाता
बिर्तामोड, असोज ४ गते । आफैंले पालेको गोरुले हानेर झापा बाह्रदशी ७ चप्रामारीमा एक बृद्धको ज्यान गएको छ । ६० वर्षीय महिला देवका प्रसाई चिमोरियाको आइतवार दिउँसो ३ बजे आफसूले पालेको गोरुलाई पानी दिन जाँदा हानेर घाइते बनाएको थियो ।

उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा चिमोरियाको निधन भएको प्रहरीले जनाएको छ । चिमोरियाले उत्त गोरुलाई विगत चार वर्षदेखि घरमै पालिरहेको मृतकका भान्जा चूडामणि तिम्सिनाले बताउनुभयो । यसैगरि मेची नदीले बगाएर एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका ६ भट्टराईचोक बस्ने पाण्डव राजवंशीकी श्रीमती ३५ वर्षीया कमला राजवंशीको शव मेची नदीले बगाएर ल्याएको अवस्थामा फेला परेको हो । आइतबार मेचीडाँडा नजिक मेची खोलाले बगाएको भनी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली त्यहाँ पुगेको थियो ।

प्रहरी टोलीले खोजी गर्ने क्रममा बिहान ८.४० बजे बगाएको स्थानबाट अन्दाजी डेढ किलोमिटर दक्षिण भारत दार्जीलिङ अनन्तराम जोतस्थित मेची खोलाको किनारममा महिला मृत अवस्थामा फेला परेको र कानुनी प्रक्रियाका लागि भारतीय प्रहरीसँंग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?