logo
२०८१ बैशाख १४ शुक्रवार



आर्थिक अभाबका कारण बौद्धिक अपाङगता संघको भबन अलपत्र

खुला |
प्रदेश |


आर्थिक अभाबका कारण बौद्धिक अपाङगता संघको भबन अलपत्र


तिलाचन पाण्डे
तम्घास, असोज ४ गते । गुल्मीमा बौद्धिक अपाङगता भएका ब्यक्तिहरुलाई पठन पाठन गराउने उद्देश्यले बन्न लागेको भवन आर्थिक अभाबका करण आफै अपाङगजस्तै भएको छ । २०६४ सालमा सात लाख रुपियाँमा साढे चार आना जग्गा खरिद गरी २०७१ सालबाट भबन निर्माण गर्न लागिएको भवनको काम अझै सकिएको छैन ।

गुल्मीको रेसुङगा नगरपालिका ९ मा रहेको बौद्धिक अपाङगता अभिभाबकत्व संघले निर्माण गर्न लागेको भवन आर्थिक अभाबका कारण पूरा हुुन नसकेको संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । तीन तलासहितको भवन बनाउने गरी आफूहरु लागे पनि रकम अभाब भएका कारण दूई तला मात्र बनाउन सकिएको संघका सचिब मेघलाल पाण्डेले बताउनुभयो । दूई तला भबन मात्रै बनेपनि भबन भित्रका फर्निचर तथा अन्य कार्यहरु ब्यबस्थापन गर्न नसकिएको संघले जनाएको छ ।

२०७१ सालबाट हालसम्म शहरी बिकास कार्यालय पाल्पा, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, जिल्ला बिकास समिति, संसद बिकास कोष र रेसुङगा नगरपालिकाबाट विभिन्न चरणमा गरी ३९ लाख ९ हजार ३१५ रुपियाँ प्राप्त भएको संघले जनाएको छ । उद्देश्यअनुसार काम गर्न सबैको सहयोग आवश्यक रहेको संघले जनाएको छ ।

ब्याजबाट संचालन गर्ने तयारी
बौद्धिक अपाङगहरुलाई पठन पाठन गराउनका लागि अक्षयकोष खडा गरी त्यसको ब्याजबाट भएपनि संचालनको तयारी गरिएको संघले जनाएको छ । अहिले पाँचलाख जतिको अक्षयकोष खडा गर्न दाताहरु खोज्नेक्रम जारी रहेको र त्यसैको ब्याजबाट भएपनि सञ्चालन गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । यो संगै आफूहरुले पुनःस्थापना केन्द्र पनि संचालन गर्नेगरी योजना बनाएको संघले जनाएको छ ।

रेसुङगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पुर्वाधारका लागि लुम्बिनी प्रदेशसँग समन्वय गरिएको बताउनुभयो । पूर्वाधारबाहेक अन्य सहयोगका लागि पनि नगरपालिकाले सक्दो सहयोग गर्ने उहाँको भनाई छ ।


तीन बर्ष पहिले गुल्मीमा ३२६ जना बौद्धिक अपाङगता भएका ब्यक्तिहरुको तथ्याङ्क आफूहरुसँग भएको र त्यसको संख्या बढ्नसक्ने अनुमान गरेको सचिब पाण्डेले बताउनुभयो । गुल्मीमा बौद्धिक अपाङता भएका ब्यक्तिहरुको बास्तबिक डाटा संकलनको कार्य भइरहेको संघले जनाएको छ ।
उक्त भवनको निर्माण कार्य सकिए पछि बौदिक अपाङगता भएका १५ जना र पुनःस्थापना केन्द्रमा १५ जना गरी कुल ३० जनाको क्षमता रहेको संघले जनाएको छ । यता बौद्धिक अपाङगता भएका १० जना र अन्य फरक क्षमता भएका २२ गरी ३२ जनालाई उपल्लो तम्घास माध्यमिक बिद्यालयले आवास सहितको ब्यबस्था गरी पठन पाठन गराउँदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?