logo
२०८१ बैशाख १४ शुक्रवार



ओखलढुङ्गामा प्रहरीले टिकटक लगायतका मनोरञ्जन एप चलाउन नपाउने

खुला |


ओखलढुङ्गामा प्रहरीले टिकटक लगायतका मनोरञ्जन एप चलाउन नपाउने


मनोज भट्टराई
ओखलढुंगा, असोज १ गते । ओखलढुङ्गामा प्रहरीले टिकटक लगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रूपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न ध्यान दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।
प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत समेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।
देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकोले जिल्लामा यस्ताखाले एप प्रहरी कर्मचारीका लागि बन्द गरिएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?