logo
२०८१ बैशाख १४ शुक्रवार



लिमीका बासिन्दा नागरिकता लिन एक हप्ता हिँड्न वाध्य

खुला |
प्रदेश |
समाज |


लिमीका बासिन्दा नागरिकता लिन एक हप्ता हिँड्न वाध्य
सदरमुकाम सिमकोटमा नागरिता लिन लिमीबाट स्थानीय आउँदै । तस्बिर ः राजन रावत, हुम्ला



राजन रावत
हुम्ला, भदौ २२ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका नागरिकलाई अहिले पनि नेपाली नागरिकता लिन एक हप्ता हिँड्न वाध्य हुँदै छन् । सडक यातायात नियमित सुचारु नभएको कारण पैदल मार्गबाट हिँडेर आउनु पर्ने भएको कारण बढी समय लागेको हो ।
भदौ दोस्रो हप्ता सदरमुकाम पुगेर नागरिकता लिनु भएका यङ्छो बुटी तामाङ चार दिन पैदल हिँडेर आउनु भएको कारण समय लागेको बताउनुभयो । उहाँले लिमीबाट सदरमुकाम सिमकोट आई पुग्न तीनदेखि चार दिन लाग्ने गरेको बताउनुभयो । सिमकोटबाट लिमीसम्म सडक निर्माण कार्य भएको भए पनि नियमित सुचारु भई नसकेको कारण काम बिशेषले आउनु पर्ने मानिस हिडेरै आउनु पर्ने बाध्यता रहेको छ । उहाँले तीन दिन आउन र एक दिन नागरिक बनाउन सिमकोट बस्नु पर्ने र तीन दिन गाउँ फर्कन समय लाग्ने भएपछि एक हप्तामा नागरिकता लिन सकिने बताउनुभयो ।
लिमीकै अर्का नागरिकता लिनु आउनुभएका कोन्जोक भुटी तामाङले नागरिकता लिन समय लाग्नुका साथै खर्च पनि बढी हुने गरेको बताउनुभयो । उहाँले नागरिकलाई आउजाउमा समय लागे पनि जिल्ला प्रशासन कार्यालयबाट भने दश मिनेटमा नागरिकता लिन सकिने भएको कारण त्यसैमा सन्तोष भने मिल्ने बताउनुभयो । यसअघि वर्षको एक पटक शिविर सञ्चालन गरेर लिमीमा नागरिकता वितरण गर्ने गरिएको भए पनि तीन वर्षदेखि शिविर सञ्चालन भएको छैन । उहाँले अब लिमीका नागरिकलाई जति दुःख भए पनि सदरमुकाम सिमकोट आएर नागरिकता लिनुको विकल्प नभएको बताउनुभयो । सात महिनासम्म हिमपातले बाटो बन्द हुँदा लिन नसकिने र असारदेखि कात्तिकसम्म सकिने अवस्था रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले लिमीका बासिन्दाले धेरै दिन लगाएर नागरिकता लिनु पर्ने बाध्यता रहेको बताउनुभयो । यो वर्ष लिमीबाट नागरिकता लिन आउने क्रम सुरु भएको प्रशासन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?