logo
२०८१ बैशाख १४ शुक्रवार



शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर मृत्यु

खुला |
प्रदेश |


शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर मृत्यु



शिवशंङ्कर मिश्र
बारा, साउन १९ गते । मलद्वार धुने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर–८ बेतौना टोल बस्ने ३२ वर्षीय श्यामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

मंगलबार विहान साढे ७ बजे खेतमा शौच गरेर मलद्वार धुने क्रममा खेतमा सिंचाई गर्न मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भई साहको करेन्ट लागेर मृत्यु भएको उहाँले बताउनुभयो ।

करेन्ट लागेर गम्भीर घाईते (बेहोस) भएका साहलाई उपचारको लागि कलैया अस्पतालमा ल्याउँदा चिकित्सकले मृत्त घोषणा गरेको बारा प्रहरीले जनाएको छ । मृत्तकको शव कलैया अस्पतालमा परीक्षण गरी अन्तिम संस्कारको लागि आफन्तको जिम्मा लगाइएको र यस घटनाबारे बारा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?