logo
२०८१ बैशाख १४ शुक्रवार



निगूपुखुमा राजहाँसको एक जोडी छोडियाे

खुला |
समाज |


निगूपुखुमा राजहाँसको एक जोडी छोडियाे


शिवा तामाङ
भक्तपुर, साउन १७ गते । मध्यपुर थिमि नगरपालिका–४ स्थित चर्चित निगूपुखु (दुईपोखरी) मा आइतबार राजहाँसको एक जोडी छोडिएका छन् । मध्यपुर थिमि नगरपालिकालाई सशत्र प्रहरीका डिआइजी कालीदास धौबजीले उपहार स्वरूप प्रदान गर्नुभएको सो राजहाँसको जोडी पोखरीमा छोडिएको हो ।
सो नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले राजहाँसको जोडीको पोखरीमा घुमफिरले पुनः निर्माणपछि त्यस क्षेत्रको पर्यावरणमा समेत प्रभावकारी भूमिका खेलेको उक्त पोखरीको सौन्दर्यमा थप रौनक थपेको जानकारी दिनुभयो ।
वि.स. २०५४ सालसम्म पानी रहेको उक्त दुई पोखरी संरक्षणको अभावमा खेल मैदानको रूपमा परिणत भएको थियो ।
नगरपालिकाको आर्थिक सहयोगमा ती दुई पोखरीको कलात्मक इट्टाको प्रयोगसहित परम्परागत ज्ञान, सिपको उपयोग गरी पुनःनिर्माण गरिएको हो ।
निगुपुखु पुनःनिर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सरू श्रेष्ठले वि.स. २०७७ मा एकहजार ६१.४५ वर्गमिटरमा फैलिएको सो पोखरी नगरपालिकाको एक करोड दस लाख रूपियाँ सहयोगमा कलात्मक इट्टा प्रयोग गरी पर्खालको खोपामा बत्तिसहित पुननिर्माण गरिएको हो ।
त्यस पोखरीको सँगैको अर्को पोखरीको पनि पुननिर्माण गरी पानी भरिएको छ ।
एकहजार ७७६.८४ वर्गमिटर क्षेत्रमा फैलिएको पोखरीको पुनःनिर्माण यस आर्थिक वर्षमै सक्ने योजना रहेको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
परम्परागत ढङ्गमा पोखरीमा पानी पलाउने गरी पुनःनिर्माण भईसकेको छ, पोखरीको वरिपरी कलात्मक पर्खाल,बत्ती जडान गर्नेलगायतका काम छिट्टै सकेर दुइ पोखरी पुनःनिर्माणलाई पूर्णता दिने कोषाध्यक्ष श्रेष्ठको भनाई छ ।
सो नगरपालिकामा पुनःनिर्माण गर्नुपर्ने पन्ध्र पोखरीमध्ये पाँचको परम्परागत प्रविधिसहित पुनः निर्माण भइसकेको छ भने बाँकी पोखरीहरू पुनः निर्माणको काम धमाधम चलिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?