logo
२०८१ बैशाख १५ शनिवार



राक्सिराङ गाउँपालिकाभित्र ६० जना उद्धारकर्ता

खुला |
प्रदेश |


राक्सिराङ गाउँपालिकाभित्र ६० जना उद्धारकर्ता


हेटौँडा समाचारदाता
हेटौँडा, साउन १५ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्राकृतिक बिपत्तिबाट तत्काल खोज र उद्धारका लागि ६० जना उद्धारकर्ता तयार पारेको छ । बाढीपहिरो, भूकम्प, चट्याङ, आगलागी जस्ता गाउँपालिकाभित्र देखिने बिपद्का रुपहरुबाट बच्न र भएको क्षतिको समेत तत्कालै तथ्याङ्क संकलन गरी सम्बन्धित निकायहरुमा पेस गर्नका लागि जनशक्ति निर्माण गरिएको हो ।

राक्सिराङ गाउँपालिका र पानी अन्वेषण केन्द्रको संयुक्त लगानीमा ९ वटै वडाका जनप्रतिनिधिसहित ६० जनालाई खोज, उद्धार तथा पूर्वतयारी तालिम दिइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । उहाँका अनुसार हरेक वडाबाट ३ देखि ६ जनासम्मको टोली बनाइएको छ ।

बिपद् हुनेबित्तिकै तालिमप्राप्त टोलीले बिपद् व्यवस्थापन शाखासँग समन्वय गरी खोज, उद्धार र तथ्याङ्क संकलन लगायतका काम गर्नेछन् । यसैबीच गाउँपालिकाले पालिकाभित्र रहेको चैनपुर प्रहरी चौकी र कान्द्राङ प्रहरी चौकलाई खोज तथा उद्धारका लागि उपकरहरु हस्तान्तरण गरेको छ । आरा, हम्मर, साँबेल, लाइफ ज्याकेट, पिग लगायतका उपकरणहरु हस्तान्तरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?