logo
२०८१ बैशाख १६ आईतवार



प्रदेश २ मा गएकाे आर्थिक वर्षमा भएका दुर्घटनामा ५२३ जनाकाे मृत्यु

खुला |


प्रदेश २ मा गएकाे आर्थिक वर्षमा भएका दुर्घटनामा ५२३ जनाकाे मृत्यु
फाइल फाेटाे



शिवशंङ्कर मिश्र
बारा, साउन ६ गते । आर्थिक वर्ष ०७७/०७८ मा भएको विभिन्न सवारी दुर्घटनामा परी ५२३ जनाले ज्यान गुमाएका छन् । प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाको बिभिन्न स्थानमा ३९८३ सवारी दुर्घटना हुँदा ५२३ जनाले ज्यान गुमाएका प्रदेश २ का ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताउनुभयो ।
प्रदेश २ मा एक वर्षको अन्तरालमा भएको सो दुर्घटनाबाट ३९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिका रहेको उहाँले बताउनुभयो । सो घटनामा परी छ हजार ४ जना घाईते भएका छन् । उनीहरुमा ४ हजार २६८ पुरुष, ८७३ महलिा, ५७० बालक र २९३ बालिका घाईते भएका छन् ।
प्रदेश २ को आठै जिल्लाका बिभिन्न चेक प्वाईन्टबाट एकवर्षमा १० हजार ७ सय ५ जना मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।
यसैगरी मादक पद्धार्थ सेवनगरी सवारी चलाउने, हेल्मेट नलगाएको र ३/३ जना मोटरसाईकलमा सवार रहेकालाई कारवाही गरिएको छ । उहाँका अनुसार गतवर्ष ०७६/०७७ मा भएको १३४० विभिन्न सवारी दुर्घटना ४२० जनाले ज्यान गुमाएका छन् । भने, ९०५ जना गम्भिर घाईते र ९६२ जना समान्य घाईते भएका हुन् । यस्तै, ०७५/०७६ मा १३५२ दुर्घटनामा ४९६ जनाले ज्यान गुमाएका थिए ।
राजमार्ग भन्दा पनि ग्रामिण भेगमा निर्माण भएको राम्रो बाटोका कारण टे«क्टर, टेम्पु, मोटरसाईकल एक आपस र तिब्रगतीका कारण बढी दुर्घटना हुने गरेको उहाँले जानकारी दिनुभयो ।
यता विश्व महामारीबाट बच्न सरकारले लागु गरेको निषेधाज्ञामा जिल्ला प्रशासनको अनुमती नलिएर बलजस्ती सवारी चलाउने ३३६ जनालाई कारवाही गरिएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवालले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?