logo
२०८१ बैशाख १४ शुक्रवार



छाब्दी खोलामा डाईभर्सन पछि बुद्धसिंह मार्ग सुचारु

खुला |


छाब्दी खोलामा डाईभर्सन पछि बुद्धसिंह मार्ग सुचारु



अमरराज नहकी
तनहुँ, असार २८ गते । छाब्दी खोलामा डाईभर्सनपछि बुद्धसिंह मार्ग सोमबारबाट सुचारु भएको छ । अविरल वर्षाको कारण आएको बाढीले पुल भत्काएपछि अवरुद्ध बनेको ११ दिनपछि सुचारु भएको छ । अवरुद्ध भएको स्थानमा व्यास १ र १३ जोड्ने छाब्दी खोलामा व्यास नगरपालिकाले डाईभर्सन निर्माण गरिदिएपछि यातायातका सुचारु गरिएको हो ।

डाईभर्सनको लागि व्यास नगरपालिकाले १३ लाख ५० हजार विनियोजन गरेको व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर डा. राजु पौडेलले जानकारी दिनुभयो । उक्त स्थानमा बेलीव्रिज निर्माण कार्य शुरु गरिएको भए पनि समय लाग्ने भएकाले जनजिवन प्रभावित भएकाले डाईभर्सनको लागि वजेट विनियोजन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो ।

५० वटा जाली भर्ने र आठ वटा ह्युम पाईप राखेर अस्थायी रुपमा आवतजावतमा सहज बनाइएको नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?