logo
२०८१ बैशाख १४ शुक्रवार



उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, माइक्रो बस र टेम्पो चलाउन दिने तयारी

खुला |


उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, माइक्रो बस र टेम्पो चलाउन दिने तयारी


मुकुन्द गैरे
काठमाडौं, असार २० गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा समीक्षा गर्दै केही थप निर्णय गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले आज बस्ने बैठकले सार्वजनिक यातायात जोरबिजोर नियम हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय गर्ने बताउनुभयो । साथै जारी निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी भएको छ ।  यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिने निषेधाज्ञामा माइक्रो बस र टेम्पोलाई पनि सञ्चालन गर्न दिने विषयमा निर्णय आउन सक्ने उहाँले बताउनुभयो ।
लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न भने तत्काल नदिइने भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप