logo
२०८१ बैशाख १५ शनिवार



युट्युबमा भाइरल बनेकी सुब्बाको शव दक्षिणकालीमा फेला

खुला |
मनोरञ्जन |


युट्युबमा भाइरल बनेकी सुब्बाको शव दक्षिणकालीमा फेला


काठमाडौं, असार ९ गते । युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको शव दक्षिणकालीमा फेला परेको छ । प्रहरीले सुब्बाको हत्या भएको हुन सक्ने आशङ्का गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुब्बाको शव बुधबार दक्षिणकालीमा फेला परेको बताउनुभयो ।
सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर सन्तोषी सुब्बा चर्चामा आएकी थिइन् ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा फेला परेको शव सुब्बाको भएको पुष्टि गर्नुभएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुँवरका अनुसार सुब्बाको टाउकोमा कुनै गह्र्ुङ्गाे वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।
सुब्बाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?