logo
२०८१ जेष्ठ ७ सोमवार



कार दुर्घटनामा चालकको मृत्यु

खुला |


कार दुर्घटनामा चालकको मृत्यु


 

सलिम मियाँ
प्यूठान, जेठ २९ गते । आफूले चलाएको कार दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम खलङ्गावाट मल्लरानीतर्फ जाँदै गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्वरको कार सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक तुल्सीपुर उपमहानगरपालिका वडा नं ४ का प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता, प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । कच्ची सडकमा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
कार मल्लरानी गाउँपालिका ४ स्थित मल्लरानी नजिकै दुर्घटना भएको गैरेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?