logo
२०८१ जेष्ठ ७ सोमवार



भक्तपुर प्रहरीद्वारा अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन गरी वितरण

खुला |


भक्तपुर प्रहरीद्वारा अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन गरी  वितरण
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं,वैशाख २६ गते । महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेका अक्सिजन ग्याँस सिलिन्डर वितरण गरेको छ । परिसरले प्रहरी वृत्तहरुले सङ्कलन गरेका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर सङ्कलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरेको हो ।

सङ्कलन गरिएका उक्त सिलिन्डरहरू उपचार भइरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी बिरामीहरुका आफन्तहरुबाट जानकारी प्राप्त हुनासाथ भक्तपुर ईन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरिएको हो ।

कोभिड–१९ को महामारीले दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा बिरामीहरूको चाप बढ्दै गई अस्पतालमा बेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई उपचारका लागि अक्सिजनको अभावले उपचारमा कठिनाइ भएको अवस्थालाई मध्यनजर गरी भक्तपुर जिल्लाका वडा क्षेत्रमा स्वास्थ्य क्षेत्र बाहेक प्रयोग भइरहेका उद्योग, कल कारखाना तथा कवाडी संकलन केन्द्र समेतमा रहेका उक्त सिलिन्डरहरू प्रहरीले संकलन गरी अस्पताललाई वितरण गरेको तथा अन्य सिलिन्डरहरू समेत खोजी भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?