logo
२०८१ बैशाख १४ शुक्रवार



बुटवलको कोरोना अस्पतालमा दुई युवकको मृत्यु

खुला |
प्रदेश |


बुटवलको कोरोना अस्पतालमा दुई युवकको मृत्यु
फाइल तस्बिर


छवि पाण्डे
बुटवल, वैशाख २१ गते । बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष आईसोलेसन अस्तालमा उपचार गराईरहेका कोरोना संक्रमित दुई युवाको मृत्यु भएको छ ।
ती दुवै युवकको उमेर ४० बर्ष मुनि रहेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले कपिलबस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको जानकारी दिनुभयो ।
त्यसैगरी रुपन्देहीको सैनामैना २ का ३२ बर्षीय युवकको मंगलवार करिव ११ बजेतिर मृत्यु भएको छ ।
बैशाख १७ गते कोरोना संक्रमित भएका कपिलवस्तुका ती युवक सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना भएको डा. गौतमले बताउनु भयो ।
ती पुरुषमा ज्वरो र स्वास प्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी रुपन्देहीको सैनामैनाका ३२ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएपछि दुई दिन अघिमात्र सोही अस्पतालमा भर्ना भई उपचार गराउँदै थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?