logo
२०८१ बैशाख २४ सोमवार



वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

खुला |


वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु



दिपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख ५ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएको छ । नारायणी अस्पतालको कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार अस्पतालको आइसोलेसन वार्डमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा आइतबार दिउँसो पौने २ बजे मृत्यु भएकोे हो ।

ज्वरो र खोकीले सिकिस्त भएपछि उपचारको लागि नारायणी अस्पताल ल्याइएकी ती महिलामा निमोनिया देखिएको र शनिबार नै अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २१ जना संक्रमित मध्ये ३ जना महिला र १३ जना गरी १६ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । कोभिड संयोजक डा. दासका अनुसार १६ जनालाई नै अक्सिजन दिनु परिरहेको छ भने ५ जनालाई हाईफ्लो अक्सिजन दिइएकाे छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि पर्सामा यो चौथो मृत्यु हो भने पर्साका एक संक्रमितको चितवनमा उपचारको क्रममा मृत्यु भएको थियो । पर्सामा अहिले २५५ जना संक्रमितहरु होम आईसोलेसनमा रहेको र घरमा बस्दा सिकिस्त भएपछि अस्पतालमा आउने गरेको उपचारमा संलग्न एक चिकित्सकले गोरखापत्रलाई बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?