logo
२०८१ बैशाख १४ शुक्रवार



काठको खोर थापेर चितुवा नियन्त्रणमा  

खुला |


काठको खोर थापेर चितुवा नियन्त्रणमा  
फाईल तस्विर


गोरखा, वैशाख ३ गते । गण्डकी गाउँपालिका–५ सयमुरेमा स्थानीयवासीले परम्परागत काठको खोर थापेर चितुवा नियन्त्रणमा लिएका छन् । लामो समयदेखि दर्बुङसहित आसपासको क्षेत्रमा चितुवाले घरेलु पशुचौपाया मारेर आङ्तक नै मच्चाउन थालेपछि डिभिजन वन कार्यालय गोरखाको समन्वयमा स्थानीयवासीले सयमुरेमा थापेको खोरमा चितुवा परेको हो ।    
    
‘चितुवा कुन उमेरको हो, भाले वा पोथी हुन हो भन्ने बारेमा खुल्न बाँकी रहेको सब डिभिजन वन कार्यालय सिउरेनीटार प्रमुख साहायक बन अधिकृत मनमोहन मिश्रले जानकारी दिनुभयो । ‘खोरमा परेको प्राविधिक व्यवस्थापन गरेर त्यसलाई अन्यत्र लैजानुपर्ने हुन्छ, उहाँले भन्नुभयो, आवश्यक सामग्रीको हामीसँग अभाव छ, भोलीसम्ममा सबै व्यवस्थापन गरी उद्धार गछौँ ।’    
    
जनशक्ति पनि पर्याप्त नभएकाले पनि तत्काल घाउचोट नलाग्ने गरी सुरक्षित उद्दार गर्नका लागि आवश्यक सामग्री जुटाउन समय लागेको उहाँले बताउनुभयो । खोरमा परेको चितुवा उद्दार गरी अन्यत्रै लगेर छोड्ने डिभिजन वनकार्यालय प्रमुख असोककुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘खोरमा परेको चितुवलाई उपयुत्त ठाउँमा उसको बासस्थानमा छोड्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, ‘कस्तो अबस्थामा छ, कस्तो छ हेर्नका लागि कर्मचारी पठाएका छौँ अन्यत्र पनि समन्वय भइरहेको छ ।’    
    
पछिल्लो दुई महिनाको अवधिमा चितुवाले गण्डकी गाउँपालिकाको रानागाउँमा मात्रै बाख्रा र गोरु गरी १७ वटा घरपालुवा पशु, सयपुरेमा १० वटा गाइगोरु र राईथोकमा पाँच वटा बङ्गुर तथा पाँच वटा बाख्रा मारेको स्थानीयवासीको भनाइ छ । चितुवाको आङ्तक बढ्न थालेपछि स्थानीयवासीले मिलेर करिब एक महिना अघि काठको खोर बनाएर थापेका थिए ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?