logo
२०८१ बैशाख २३ आईतवार



सुकुटेमा बसको ठक्करबाट एक जनाको मृत्यु

खुला |


सुकुटेमा बसको ठक्करबाट एक जनाको मृत्यु


चित्र मिजार
सिन्धुपाल्चोक, चैत ३० गते । आज बिहान चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटेमा बसको ठक्करले एक जनाको निधन भएको छ । सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् भने एक बालक सामान्य घाइते भएका छन् ।
काठमाडौंबाट दोलखा जाँदै गरेको बा ३ ख ९६५८ नम्बरको यात्रुबाहक बसले ६९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको निधन भएको जिल्ला टार्फिक कार्यालयका प्रमुख राजेश कुमार दाहालले जानकारी दिनुभएको छ ।
मोटरसाइकलमा सवार सोमबहादुर श्रेष्ठलाई थप उपचारका लागि राजधानीको ह्याम्स अस्पताल लगिएको टार्फिक सई दाहालले बताउनुभयो । मृतकका आफन्तहरुले खाडीचौरका अमलटारमा अरनिको लोकमार्ग अवरुद्ध गरिरहेका छन् । स्थानीय रामशरण खड्काले चालकलाई कडा कारवाहीको माग गर्नु भयो । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?