logo
२०८१ बैशाख २४ सोमवार



सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै तीन काभ्रेली

खुला |


सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै तीन काभ्रेली


बनेपा समाचारदाता

बनेपा, चैत २१ गते । तीन काभ्रेलीले यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । काभ्रेको पनौती नगरपालिका–३, कुशादेवीका ५५ वर्षीय उद्धव थापा, पनौती नगरपालिका–८ का लक्ष्मण सापकोटा र जिल्लाको रोसी गाउँपालिका–१२ का वसन्तकुमार तामाङ सर्वोच्च शिवर सगरमाथाको आरोहण गर्न लाग्नुभएको हो ।
काभ्रेको धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोसी गाउँपालिका–१२, मगरसालु डाँडाका बसन्तकुमार तामाङले यही चैत २३ गतेबाट सगरमाथाको आरोहण गर्न लागेको जानकारी दिनुभयो । उहाँले काभ्रेको रोसी गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाको झण्डा सगरमाथाको चुचुरोमा फहराउने बताउनुभयो । उहाँले हालसम्म कुनै पनि स्थानीय तहको झण्डा सगरमाथाको चुचुरोमा नफहराएकोले सगरमाथाको चुचुरोमा पहिलो पटक स्थानीय तहको झण्डा फहराउने उहाँले बताउनुभयो । २०६३ सालतिर सगरमाथाको महìवको बारेमा थाहा पाएँ, हाम्रो देशको सगरमाथा चढ्न विभिन्न देशबाट मानिसहरू आउँदा रहेछन् भने हामी किन नचढ्ने भन्ने सोचको विकास भएको त्यो इच्छा अहिले पूरा गर्ने भए वसन्तले थप्नुभयो ।
विगत १५ वर्षदेखि ट्रेकिङ पेसामा लाग्नुभएका वसन्तले सगरमाथा आरोहण गर्नका लागि शारीरिक, आर्थिक र मानसिक रूपमा चुनौती रहेको बताउँदै यी तीनै चुनौती थेग्न आफू सक्षम रहेको बत(ाउनुभयो । उहाँले सगरमाथा आरोहणका लागि विदेशमा रहेका साथीहरूबाट करिब छ लाख, रोसी गाउँपालिकाबाट एक लाख ५० हजार, गुणराज मोक्तानबाट ५० हजार, महेन्द्र थिङबाट २५ हजारलगायत विभिन्न व्यक्तिहरूबाट दस लाख रुपियाँ सहयोग उपलब्ध भएको बताउनुभयो ।
यसैगरी काभ्रेको पनौती नगरपालिका–३, कुशादेवीका उद्धव थापा पनि यही महिना सगरमाथा आरोहणका लागि प्रस्थान गर्न लाग्नुभएको छ । थापाले चैत १६ गतेबाट सगरमाथा आरोहणका लागि त्यसतर्फ जाने तयारी गरे पनि खराब मौसमले गर्दा रोकिएको बताउनुभयो ।
उहाँले मौसम सुधार भई नियमित हवाईजहाज खुलेपछि आरोहणका लागि प्रस्थान गर्ने बताउनुभयो । थापाले सगरमाथाको चुचुरोमा वेद प्ु¥याउने र वेदको एउटा मन्त्र वाचन गर्नुका साथै सगरमाथाको चुचुरोमा योगको साधना गर्ने बताउनुभयो । उहाँले आध्यात्मको सुरुवात हिमालयबाटै नै भएकाले वेदलाई सगरमाथामा पु¥याउने बताउनुभयो । ५० वर्षको उमेरदेखि नियमित रूपमा योग, ध्यान र व्यायाममा लागेको छु, यसले नै मलाई सगरमाथा आरोहण गर्न उत्साह प्रदान गरेको छ, थापाले भन्नुभयो ।
उहाँले यसका लागि पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिकाले नगद तीन÷तीन लाख, अन्नपूर्ण न्युज नेटवर्कले नगद दुई लाख, लीलावती नेसनल एकेडेमी कुशादेवीबाट नगद एक लाख, आफूले अध्यापन गराएका विद्यार्थी तथा शुभचिन्तकबाट आरोहणका लागि १५ लाख रुपियाँ र कुशादेवीमा रहेको डाइमण्ड हिल रिसोर्टले ५० हजार रुपियाँ सहयोग उपलब्ध गराएको बताउनुभयो ।
त्यस्तै, काभ्रेको पनौती नगरपालिका–८ का लक्ष्मण सापकोटाले पनि अप्रिल १९÷२० तारिकमा सर्वोच्च शिखर सगरमाथाको प्रथम साहित्यिक आरोहण गर्न लाग्नुभएको छ । उहाँले २०७५ सालमा पहिलो साहित्यिक आरोहणको अनुमति पत्र लिनुभएको थियो । त्यतिबेला स्वास्थ्यमा समस्या आएकाले आरोहण गर्न सकिन यो अप्रिल महिनामा पुनः प्रथम साहित्यिक आरोहणको अनुमति लिएर सगरमाथा आरोहण गर्दैछु, सापकोटाले थप्नुभयो ।
उहाँले मे महिनाको अन्तिमसम्ममा सगरमाथा आरोहण गरिसक्ने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले सगरमाथा आरोहणका लागि विभिन्न हिमालहरूको आरोहण गरिसक्नुभएको छ । साहित्यकार सापकोटाले यसअघि प्रथम साहित्यिक मेची महाकाली दौड, सोलुखुम्बु जिल्लामा रहेको छ हजार दुई सय मिटर अग्लो इमजात्से (आइल्याण्ड पिक) हिमाल, छ हजार ८४८ मिटर अग्लो चुलु इष्ट हिमालको आरोहण गर्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?