logo
२०८१ बैशाख १४ शुक्रवार



अष्ट्रेलियाका गैरी फिलिप्स महिला टोलिको प्रमुख प्रशिक्षक नियुक्त

खेलकुद |


अष्ट्रेलियाका गैरी फिलिप्स महिला टोलिको प्रमुख प्रशिक्षक नियुक्त
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १३ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले अष्ट्रेलियाका गैरी फिलिप्सलाई राष्ट्रिय महिला फुटबल टोलिको प्रशिक्षक नियुक्त गरेको छ । उहाँलाई बिहीबारदेखि लागू हुने गरी प्रशिक्षकमा नियुक्त गरिएको हो ।
एन्फाको पाँच सदस्यीय प्राबिधिक समितिले फिलिप्सलाई महिला फुटबल टोलिको प्रशिक्षक नियुक्त गर्न लागि सिफारिश गरेको थियो । फिलिप्स एन्फाको प्राबिधिक निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
यसैबीच, राष्ट्रिय महिला फुटबल टोलिको बन्द प्रशिक्षण छिट्टै सुरु हुने एन्फाले जनाएको छ । दक्षिण एशियाली खेलकुद र एफसी महिला एशिया कप छनोटका लागि बन्द प्रशिक्षण सुरु हुने एन्फाले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?