logo
२०८१ बैशाख १४ शुक्रवार



प्रवासी नेपालीले पाएनन् मताधिकार

खुला |


प्रवासी नेपालीले पाएनन् मताधिकार


सविता शर्मा

काठमाडौँ, फागुन ११ गते । यस पटकको निर्वाचनमा पनि विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका छन् । आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनुपर्ने आवाज उठे पनि कानुनी रूपमा अझै यो विषय सम्बोधन हुन सकेको छैन ।
अहिलेसम्म कानुन निर्माण नभएकाले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । विदेशमै रहेकालाई मतदानमा सहभागी बनाउन निर्वाचन आयोगले कुनै तयारी गरेको छैन । रोजगारी, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि औपचारिक र अनौपचारिक रूपमा गएका ५० लाख हाराहारीमा नेपाली विदेशमा छन् ।
पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङले कानुन बनाएर विदेशमा रहेकालाई मतदानमा समेट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसको व्यवस्था संविधान र कानुनमा नै गर्नुपर्छ । ” उहाँले राजनीतिक दलहरू सहमत भएर कानुन निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी बनाउनका लागि कानुन र संरचना अभाव रहेको बताउँदै भन्नुभयो, “त्यसलाई व्यवस्थापन गर्ने कानुन पनि छैन । ”
यसैबीच निर्वाचन आयोगले निर्वाचनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ लाई स्वीकृत गरेको छ ।
निर्वाचनका सबै चरणमा नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गर्ने उद्देश्यसहित सोमबार यो नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगका सूचना, गतिविधि तथा निर्वाचन शिक्षा सामग्रीलाई सामाजिक सञ्जालमार्पmत नागरिकसमक्ष पु¥याई दोहोरो सञ्चार कायम गर्न खोजिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?