logo
२०८१ बैशाख १४ शुक्रवार



कास्कीमा निर्वाचन आचारसंहिता विषयमा छलफल

खुला |
प्रदेश |


कास्कीमा निर्वाचन आचारसंहिता विषयमा छलफल
तस्विरः तारा चापागाई


तारा चापागाई
कास्की, फागुन ६ गते । निर्वाचन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता विषयमा छलफल गरेको छ । आयोगले आज निर्वाचन आयोगले पठाएको मस्यौदा माथी कास्कीका नागरिक समाज, सुरक्षाकर्मी, संचारकर्मी, निर्वाचन अधिकारी, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालासंग छलफल चलाएको हो ।

छलफलमा सहभागीले ठूला दलले नै निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने बताएका थिए । देशभक्त पार्टीका रनबहादुर दर्मले सुरक्षा निकायले पनि ठूला दलका नेतालाई मात्र सुरक्षा दिने गरेको आरोप लगाउनु भयो । साना दललाई पार्टी नगर्ने बताउदै उहाँले साना दलका उम्मेदवार र नेतालाई पनि प्रहरी प्रशासन वास्ता नगर्ने गरेको बताउनु भयो ।

मानवअधिकारकर्मी शिव खकुरेलले निर्वाचनको बेलामा बालबालिका र विद्यालय प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले कडा आचारसंहिता कायम गर्नुपर्ने सुझाव दिनु भयो । यसैगरी निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीले आचारसंहिताको मस्यौदा बारे जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निस्पक्ष भएर निर्वाचन अधिकृतले काम गर्नुपर्ने बताउदै सबैले आफनो क्षेत्रबाट सहयोग आग्रह गर्नु भयो ।
निर्वाचन आचार संहिताबारे जानकारी गराउन र छलफलमा उठेका कुरालाई मस्यौदामा समेट्नको लागि छलफल कार्यक्रम राखिएको उहाँको भनाइ थियो । उहाँले आचारसंहिताको मस्यौदामा सवै विषयवस्तु समेटिएको बताउदै आचारसंहिता पनि निर्वाचनको एउटा पाट रहेको गर्नुभयो ।

कास्कीमा २ लाख ६४ हजार ४ सय ७७ मतदाता

यसैगरि कार्यलयका प्रमुख भीमसेन कार्कीले कास्कीका ५ वटा स्थानिय तहमा २ लाख ६४ हजार ४ सय ७७ मतदाता रहेको जानकारी दिनु भयो । उहाँको अनुसार अघिल्लो चुनावमा २ लाख ६५ हजार ३ सय ९६ मतदाता रहेकोमा ९ सय १९ जानको मृत्यु भइ संख्यामा कमी आएको जानकारी दिनु भयो ।

उहाँले मतदान पुनरावलोकनको काम सकिएको समेत बताउनु भयो । उहाँका अनुसार कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्र रहेका छन् । मतदानको अवधिसम्म मतदान केन्द्र घटबढ हुन सक्ने पनि उहाँले जानकारी गराउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?