logo
२०८१ बैशाख १५ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. विक्रम १. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार मुलुकभर जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?
 रु. २०,५४३ ।
– प्रतिवेदनअनुसार देशभर १७ लाख ९ हजार व्यक्ति विभिन्न सङ्घ संस्थामा तलब पाउनेगरी संलग्न रहेका ।
– ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ छ भने मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय रहेको । त्यस्तै, साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीले मासिक औसत १६ हजार ७६८ रुपियाँ बुझ्ने गरेको पाइएको । लघु संस्थामा कार्यरत कर्मचारीको मासिक तलब १६ हजार एक सय रुपियाँ रहेको ।
– ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै साढे १० हजार रुपियाँभन्दा बढी देखिएको ।
– संस्थागत रूपमा ठूला संस्थाले वार्षिक १ खर्ब ७५ अर्ब, मध्यमले ३९ अर्ब ५९ करोड, सानाले एक खर्ब १० अर्ब र लघुप्रकृतिका संस्थाले ९६ अर्ब ४५ करोड वार्षिक तलबबापत खर्च गर्ने गरेका ।
– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरेर सङ्कलन गरिएको तथ्याङ्कअनुसार दर्ता भएर सञ्चालनमा आएका उद्योगले वार्षिक ४ खर्ब ६ अर्ब रुपियाँ तलब वितरण गर्ने पाइएको ।
– दर्ता नभई सञ्चालनमा रहेका उद्योगले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।
– अध्ययनमा समेटिएका कुल कर्मचारीको तलबमा मात्रै वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको ।
– देशैभर गरी प्रतिवेदनले समेटेका २ लाख १९ हजार ३ सय संस्थाले २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेका । यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी ७ खर्ब २ अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन भएको । यसरी अध्ययनमा समेटिएका ती संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबको हिस्सा निकै कम रहेको ।

कम तलब वितरण हुने जिल्ला

२. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?
 विक्रम संवत् २०७७ असोज ३ ।

३. नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक भनी कसलाई चिनिन्छ ?
 राजा महेन्द्र ।

४. विदेशी नागरिकका लागि ‘गोल्ड कार्ड भिसा’ योजना सुरुवात गर्ने देश कुन हो ?
 युएई ।

५. महिलाले महिलाले बोलेको सुन्ने तर पुरुषले बोलेको नसुन्ने रोगलाई के भनी चिनिन्छ ?
 रिभर्स स्लोप हियरिङ लस (चीनमा देखिएको) ।

६. ग्रामी अवार्ड कुन क्षेत्रसँग सम्बन्धित छ ?
 सङ्गीत ।
– (यो अवार्ड पहिलोपटक सन् १९५४ मे ४ मा प्रदान गरिएको ।)

७. पोतला दरबार कहाँ रहेको छ ?
 ल्हासा, चीन ।
– चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा रहेको यो दरबारको प्रारम्भिक निर्माण सम्राट स्रङचङ गम्पोले सन् ६३७ तिर गरेका । उनी नेपालकी राजकुमारी भृकुटीका पति थिए । यो दरबार कालान्तरमा तिब्बती धर्मगुरु दलाई लामाको नियन्त्रणमा पर्न गयो । पोताला दरबार सन् १९९४ मा विश्व सम्पदा सूचीमा समावेश भएको ।

८. नवकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यसाथ इन्टरनेसनल रिन्युऐबल इनर्जी एजेन्सी
(आइरेना)को स्थापना कहिले भएको हो ?
 सन् २००९ जनवरी २९ ।
– २०७४ असोज २५ को संसद् बैठकले यसबारेको विधानलाई सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाललाई सो निकायको सदस्य बन्ने बाटो सहज भएको । संसद्बाट अनुमोदन भएको दस्तावेज आइरेना मुख्यालय युएई पठाएपछि नेपाल सो निकायको औपचारिक रूपमा सदस्य बन्ने । सन् २००९ मा जर्मनीको वोनमा सम्पन्न फाउन्डिङ कन्फ्रेन्समा सहभागी नेपालले यसबारेको विधानमा हस्ताक्षर गरेर सदस्य बन्ने प्रतिबद्धता जनाए पनि औपचारिक प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।
– यससँगै नेपाल दक्षिण एसियाबाट आइरेनाको सदस्य बन्ने कान्छो मुलुक बन्ने ।
– यसअघि नेपालबाहेक सार्कका सबै सदस्य राष्ट्रसहित कुल १ सय ५२ मुलुक सो नियोगको सदस्य बनेका ।

९. ‘बेइजिङ फाइभ’ सम्मेलन केसँग सम्बन्धित छ ?
 महिला विकास ।

१०. ‘डाउटर अफ इस्ट’ नामक पुस्तकका सर्जक को हुन् ?
 बेनजिर भुट्टो ।
११. कुनै विदेशी नागरिकले नेपालीलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरमा कति वर्षको अन्तर हुनुपर्ने प्रावधान छ ?
 ३० वर्ष ।

१२. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको हो ?
 विसं २०७३ असार १० ।
– (भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ । असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ । विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो । यसअघि कोलकाता–हल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ । दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको
व्यवसायीको भनाइ छ ।)

१३. नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटीओ)को सदस्य कहिले बनेको हो ?
 सन् २००४ अप्रिल २३ ।

१४. ‘ला मिजरेवल’ नामक वृहत् उपन्यासका लेखक को हुन् ?
 फ्रेन्च साहित्यकार भिक्टर ह्युगो ।

१५. विश्वमा सबैभन्दा बढी सङ्ख्यामा चरा पाइने उपत्यका कुन हो ?
 अरूण उपत्यका ।

१६. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन राष्ट्रसित युद्धको अन्त्यसँगै एकीकरण भएको हो ?
 जर्मनी ।

१७. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?
 विसं २०६८ साउन २० ।

१८. दस हजार किशोरी र महिलालाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यसाथ ‘स्मार्ट छोरी’ अभियानको सुरुवात कहिले गरिएको हो ?
 विसं २०७५ फागुन ११ ।
– (स्मार्ट फोन प्रयोग गर्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिला यो अभियानमा सामेल हुन सक्ने ।)

१९. कर्णाली प्रदेशद्वारा पहिलोपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न गरियो ?
 विसं २०७५ भदौ ९ ।
– (नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा पहिलोपटक २०७५ साउन १० मा पेपरलेस बैठक सम्पन्न भएको थियो ।)

२०. ‘हिप्पोक्याम्प’ भनेको के हो ?
 एक खगोलीय पिण्ड ।
– क्यालिफोर्नियाको एसईटीआई इन्स्टिच्युटद्वारा हालै खोज गरिएको यो खगोलीय पिण्ड वरुण ग्रहको चन्द्रमा भएको दाबी गरिएको ।
– अत्यन्त चिसो पिण्ड ‘हिप्पोक्याम्प’ वरुणकै दोस्रो ठूलो चन्द्रमा प्रोटियसबाट टुक्रिएर बनेको हुन सक्ने खगोलशास्त्रीको अनुमान रहेको ।
– हिप्पोक्याम्प पृथ्वीको चन्द्रमाको तुलनामा एक सय गुना सानो रहेको वैज्ञानिकले जनाएका ।

२१. “जीवन साइकलको सवारीजस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ” भन्ने भनाइ कसको हो ?
 अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक ।

२२. प्रसिद्ध समाजसेवी तुलसीमेहरद्वारा जनचेतना जगाउने उद्देश्यसाथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
 भीमशमशेर ।

२३. नेपालमै पहिलोपटक वंशाणुगत रोग परीक्षण गर्ने प्रयोगशाला कहाँ स्थापना गरिएको छ ?
 वीर आस्पताल ।
– (वीर अस्पतालले स्थापनाको १ सय २७ वर्ष पुगेको उपलक्ष्यमा सो ल्याब सुरु गरेको ।)

२४. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काँइला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
 गोपालप्रसाद रिमाल ।

२५. सार्सको पूरा रूप के हो ?
 सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ।
– सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको ।
– सन् २००४ पछि सार्सको सङ्क्रमण नदेखिएको ।

२६. भारतको उत्तरप्रदेश राज्यको आगरास्थित प्रसिद्ध ताजमहलको निर्माण कसले गरेका हुन् ?
 मुगल शासक शाहजहाँ ।
– मुगल शासक शाहजहाँद्वारा आफ्नो रानी मुमताजको सम्झनामा बनाइएको । यस महलको डिजाइन पर्सियन मुस्लिम वास्तुविद् उस्ताद अहमद लाहौरीले गरेका ।
– यसको निर्माण अवधि सन् १६३२–१६४८ रहेको ।
– विश्वका सात आश्चर्यमध्येमा पर्ने ताजमहल सन् १९८३ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको ।
– दि जेवेल अफ मुस्लिम आर्ट इन इन्डिया पनि भनिने यस ताजमहलमा बर्सेनि एक करोडभन्दा बढी पर्यटकले भ्रमण गर्ने ।

२७. पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक)बाट अलग हुने घोषणा गरेको राष्ट्र कुन हो ?
 कतार ।
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?