logo
२०८१ जेष्ठ ५ शनिवार



अपहरण मुद्दामा दुई चिनियाँ सहित चारजना पक्राउ

खुला |


अपहरण मुद्दामा दुई चिनियाँ सहित चारजना पक्राउ


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २३ गते । अपहरण तथा शरीर बन्धक मुद्दामा प्रहरीले दुई चिनियाँ नागरिक सहित विहीवार चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, तिलगंगास्थित होटल आनन्दमा बस्दै आएका दुई चिनियाँ नागरिकको अपहरण तथा शरीर बन्धक मुद्धामा दुई चिनियाँ ठमेल र दुई नेपाली सिन्धुपाल्चोकबाट गरी चारजना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिउ विपिङ्ग, लि जियाओनिङ्ग, सिन्धुपाल्चोकका दावा पासाङ लामा र साइला भन्ने भक्ते लामा रहेका छन् । उनीहरुले यही १९ गते काठमाडौँबाट अपहरण गरी सिन्धुपाल्चोक पु¥याएको जनाइएको छ ।
काठमाडौँ प्रहरी परिसर प्रवक्त प्रमेश विष्टका अनुसार, व्यापार व्यवसायको सिलसिलामा काठमाडौँ बस्दै आएका दुई चिनियाँ नागरिकलाई उनीहरुकै साथीसंग मिलेर दावा र भक्तले अपहरणपछि सिन्धुपाल्चोक पु¥याई बन्दी बनाइ कुटपिट गरेका थिए ।
पीडित तथा अपहरित चिनियाँ नागरिकको ललितपुर बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । आर्थिक विवादका कारण चिनियाँ नागरिक आफ्नै साथिबाट अपहरित भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?