logo
२०८१ बैशाख १४ शुक्रवार



तीन करोडमा निर्माण गरिएको रामायण भवन अलपत्र अवस्थामा

खुला |


तीन करोडमा निर्माण गरिएको रामायण भवन अलपत्र अवस्थामा
भानु जन्मस्थल चुँदी रम्घामा निर्माण गरिएको रामायण भवन । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, पुस ११ गते । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा, शिखर कटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको पर्खाइमा रहेको छ । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रुपमा विकास गर्न भवन निर्माण गरिएको भएपनि हाल अलपत्र अवस्थामा रहेको छ ।
भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणधिन संरचनाको संरक्षण र सम्र्बद्धन गर्दै आएकोमा हाल समिति विहीन भएकोले संरक्षण गर्न कठिनाई भएको हो । भानुभक्तको कृतित्व र व्यक्तित्व विश्वसामु पु¥याउने उद्देश्यले गठित समितिनै विघटन भएपछि स्थानीय तहहरु गठन भएपछि सो संस्था समिति विहिन बनेको छ । यस अघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा साहित्यमा रुची राख्ने व्यक्तिहरुलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले गर्ने काम हेरिरहेको छ । नेपाल सरकारसँग समिति गठनका लागि पहिल भइरहेपनि सो पूरा हुन नसकेको भानु नगरपालिकाले जनाएको छ । संरक्षण तथा पर्यटक गाईड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ पालिकाले सिधै कर्मचारी भर्ना गर्न पनि नमिलेकोले संरक्षण गर्न समस्या भएको भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । संङ्घीय सरकारको मातहतमा रहेको समिति विघटन गरिएकोले समितिविहीन भएको थापाले बताउनुभयो । रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको वार्ताली सालको काठ प्रयोग गरी बनाईएको छ भने बाहिरी भागमा ढुङ्गा कुँदिएका छन् । भवन निर्माण पुरा भएपनि रामायण भएका श्लोकहरु, रामायण सम्बन्धि तस्विर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा भवन निर्माण भएको हो । ‘रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पूर्नगठन हुन नसक्दा भवनका समान चोरी हुने, आगोलागी हुने जस्ता जोखिम रहेको छ’ भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले भन्नुभयो । भानुभक्तको कृतित्व र व्यक्तित्व विश्वसामु पु¥याउने उद्देश्यले गठित समिति स्थानीय तहहरु गठन भएपछि सो संस्था समिति विहिन बन्न पुगेको रानाभाट बताउनुहुन्छ । करिब तीन करोड रुपियाँको लागतमा उक्त भवन निर्माण भएको रानाभाट बताउनुहन्छ । यस अघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मनोनयन गर्दै आएको थियो । भानु नगरपालिकाका प्रमुख उदयराज गौली समिति सङ्घीय सरकारको मातहतमा हुनुपर्ने बताउनुभयो ।
‘राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरि गठन हुनु पर्छ, सङ्घले प्रदेशलाई, प्रदेशले नगरपालिकालालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्चाउने काम गर्नुहुँदैन ।’ नगर प्रमुख गौलीले भन्नुभयो । २०५२ सालमा समिति गठन गरिएको थियो । नेपाल सरकारसँग समिति गठनका लागि पहिल भइरहेपनि सो पूरा हुन नसकेको भानु नगरपालिका वडा नं. ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?