logo
२०८१ बैशाख १५ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल उद्योग वाणिज्य महासङ्घको २०७७ मङ्सिरमा सम्पन्न ५४ औँ साधारणसभाले अध्यक्षमा कसलाई चयन गरेको छ ?
 शेखर गोल्छा ।
– महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार शेखर गोल्छा अध्यक्ष हुनुभएको ।
– अध्यक्षबाहेकको निर्वाचन (२०७७ मङ्सिर १३) मा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचत हुनुभएको । त्यस्तै, उपाध्यक्ष (एसोसिएट्स) मा रामचन्द्र सङ्घई, उपाध्यक्ष (वस्तुगत) तर्फ अञ्जन श्रेष्ठ एवम् उपाध्यक्ष (जिल्ला÷नगर) तर्फ दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको ।


२. ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले सातै प्रदेशमा एकैपटक तीन सयभन्दा बढी आधारभूत अस्पतालको शिलान्यास कहिले गरेको हो ?
 विक्रम संंवत् २०७७ मङ्सिर १५ ।
– सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको ।
– खासगरी, हालसम्म अस्पताल नभएका सबै स्थानीय तहमा पाँच, १० र १५ शøयाका आधारभूत अस्पताल बनाउने योजनाअनुरूप यो कार्यक्रम अघि बढाइएको ।

३. काठमाडौँ महानगरसँग हालै (२०७७ मङ्सिर) भगिनी सम्बन्ध कायम भएको नगरपालिका कुन हो ?
 रामग्राम नगरपालिका ।

४. विसं २०७५ भदौमा भएको नेपाल नगरपालिका सङ्घको निर्वाचनमा अध्यक्ष पदमा चयन को भए ?
 अशोककुमार व्यान्जू (श्रेष्ठ)

५. विमानमा जडित ‘ब्ल्याक बक्स’को रङ कस्तो हुन्छ ?
 सुन्तला रङ ।

६. सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको पहिलो भेला कहिले र कहाँ सम्पन्न भएको हो ?
 विसं २०७५ भदौ २१, पोखरा (गण्डकी प्रदेश), नौबुँदे साझा धारणा तय गरिएको ।

७. हरित् गृह ग्यासको विश्वव्यापी उत्सर्जनमध्ये नेपालबाट कति प्रतिशत हुने गर्छ ?
 करिब ०.०२७ प्रतिशत ।

८. वातावरण संरक्षणसम्बन्धमा विविध योजना समेट्दै ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ कार्यक्रमको घोषणा कहिले गरिएको हो ?
 विसं २०७५ जेठ २२ ।
– (यस अभियानमा वृक्षरोपण, फोहोरमैला व्यवस्थापन, नदीनाला सरसफाइ, प्रदूषण नियन्त्रणलगायतका कार्यक्रम समेटिएको ।)

९. जीटुजी अवधारणा केसँग सम्बन्धित छ ?
 वैदशिक रोजगार ।

१०. सन् २००९ अक्टोबर १६ मा माल्दिभ्समा पानीमुनि भएको मन्त्रिपरिषद्को बैठकको मुख्य अभिप्राय के थियो ?
 कार्बन ग्यास कटौतीमा योगदान ।

११. नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा ‘वाइम्याक्स’ को सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०६९ कात्तिक २७ ।

१२. सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो ?
 विसं २००७ ।
– (सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा विसं १९६० मा निर्माण गरेका । नवशास्त्रीय वास्तुकला (नियोक्लासिकल वास्तुकला) को नमुना मानिने सो दरबारमा स्टेट हल र ग्यालरी बैठक मुख्य आकर्षणका रूपमा रहेका । युरोपेली शैली–संरचनामा निर्मित यस भवनलाई त्यतिबेला एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो । राणा शासन अन्त्यपछि सो भवनलाई नेपाल सरकारको कार्यालयका रूपमा २००७ सालबाट प्रयोग गर्न थालिएको हो । २०३० मा आगलागी हुँदा यो भवनको केही भाग नष्ट भयो र केही पुनः निर्माण पनि गरियो ।)

१३. माछा मासुका अतिरिक्त दही, घ्यु, छाली (तर), पनिरजस्ता दुग्धजन्य पदार्थसमेत सेवन नगर्ने मानिसलाई के भनिन्छ ?
 भेगन ।

१४. तेक्वान्दो खेल खेल्दा लगाउने लुगालाई के भनिन्छ ?
 डोबोक ।

१५. सरकारद्वारा वैदेशिक रोजगारमा जाने कामदारको सहजताका लागि प्रत्येक प्रदेशबाटै श्रम स्वीकृति दिने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?
 विसं २०७५ पुस १५ ।

१६. सेनामा कुकुरको सट्टा न्याउरी प्रयोग गर्ने देश कुन हो ?
 श्रीलङ्का ।

१७. राउटे समुदायलाई स्थायी परिचयपत्र प्रदान गर्न कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०७५ असार ३०, गुराँस गाउँपालिका, दैलेख ।

१८. नेपालमा क्रिकेट खेलको सुरुवात गर्ने व्यक्ति भनी कसलाई चिनिन्छ ?
 मदनशमशेर जबरा ।

१९. विश्वमा हालसम्मकै लामो नाकाबन्दी कुन हो ?
 अमेरिकाद्वारा क्युबामाथि लगाइएको (सन् १९६१–२०१५) करिब साढे पाँच दशक लामो नाकाबन्दी ।

२०. आफ्नो घडीलाई सूर्योदय र सूर्यास्तसँगै अनुकूल गराउने पद्धतिलाई के भनिन्छ ?
 डीएलएसटी (डे लाइट सेभिङ टाइम) ।

२१. पृथ्वीको नाप नक्सा तयार गर्ने र त्यसलाई तथ्याङ्कगत तथा चित्रमय रूपमा प्रस्तुत गर्ने विधिलाई के भनिन्छ ?
 कार्टोग्राफी ।

२२. फिफा विश्वकपको सुरुवात (सन् १९३०) मा कति टिम सहभागी थिए ?
 १३ टिम ।
– पछि सन् १९८२ मा २४ टिम र सन् १९९८ मा ३२ टिम पु¥याइएको थियो ।
– सन् २०२६ को विश्वकपबाट ४८ टिम सहभागी बनाइने भएको । फिफाले सन् २०१७ जनवरी १० मा यससम्बन्धी निर्णय गरेको ।

२३. राष्ट्रसङ्घीय विकास नीति समितिको सन् २०१८ मार्च १२–१६ सम्म सम्पन्न बैठकले कति राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको थियो ?
– चार (भुटान, किरिवाटी, साओटोम एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड) ।

२४. सबैभन्दा कम उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन् ?
 मलाला युसुफ जाई, (सन् २०१४) ।

२५. ९०–९०–९० रणनीति केसँग सम्बन्धित छ ?
 एड्स रोग ।
– युएन एड्सलगायत विभिन्न संस्थाले एड्सविरुद्ध सो रणनीति सञ्चालन गरेका, जसअनुसार सन् २०२० सम्ममा एचआईभी सङ्क्रमितमध्ये ९० प्रतिशतले आफ्नो अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतलाई औषधि उपचारको पहुँच हुने र औषधि उपचारमा पहुँच हुनेमध्ये ९० प्रतिशतको शरीरमा सङ्क्रमण नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरिएको ।
– सन् २०१७ सम्ममा विश्वभर तीन करोड ७० लाख नागरिकमा एचआईभी÷एड्सको सङ्क्रमण रहेको अनुमान ।
– ८० को दशकमा महामारीकै रूपमा रहेको यो रोग नियन्त्रणमा केही उपलब्धि हासिल भएको । सन् २०१० देखि २०१७ सम्मको अवधिमा विश्वमा नयाँ सङ्क्रमण १६ प्रतिशतले, बच्चामा हुने सङ्क्रमण ३५ प्रतिशत र एड्सका कारणले मृत्यु हुनेको सङ्ख्या ५१ प्रतिशतले घटेको ।
– संयुक्त राष्ट्रसङ्घीय दिगो विकास एजेन्डाले सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य राखेको ।

२६. नेपालको अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको थियो ?
 विसं २०७५ वैशाख २४ ।

२७. जनताको नाम सरकारले जुराउने परिपाटी भएको राष्ट्र कुन हो ?
 हँगेरी ।
– (हँगेरीमा सरकारले नै निश्चित नामहरू तोकेर राख्ने र यी नामहरूभन्दा बाहिर गएर कसैले पनि आफ्नो बच्चाको नाम राख्न नसकिने चलन रहेको ।)

२८. आइकाओको सुरक्षा सूचीबाट नेपाल कहिले हट्न सफल भएको हो ?
 विसं २०७४ साउन ६ (सन् २०१७ जुलाई २१) ।
– (नेपाल सन् २०१३ देखि सो सूचीमा परेको थियो ।)

२९. नेपाल गुणस्तर तथा नापतौल विभागले ‘ट्याङ्कर क्यालिब्रेसन टावर’ को निर्माण कहाँ गरेको छ ?
 हेटौँडा ।
– गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्करमा रहेका ट्याङ्कीको क्षमता तथा गुणस्तरीयता जाँच गरी प्रमाणीकरण गर्न नेपालमा नै पहिलो ट्याङ्कर क्यालिब्रेसन टावर निर्माण गरी २०७६ असार २० देखि सञ्चालनमा ल्याएको ।
– दैनिक १५ वटा ट्याङ्कर जाँच क्षमता भएको ट्याङ्कर क्यालिब्रेसन टावर एक करोड ५० लाख रुपियाँ लागतमा स्थापना गरिएको ।
– यसले चुहावट नियन्त्रण एवम् उपभोक्ता हितमा सहयोग पुग्ने विश्वास गरिएको ।

३०. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।
– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।
– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एडबिन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।
– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।
– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा
राखिएको छ ।
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?