logo
२०८१ बैशाख १५ शनिवार



इन्टरनेटको पहुँच नभएका विद्यालयलाई स्व–अध्ययन सामग्री वितरण

शिक्षा |


इन्टरनेटको पहुँच नभएका विद्यालयलाई स्व–अध्ययन सामग्री वितरण



उर्लाबारी समाचारदाता
लेटाङ (मोरङ), मङ्सिर ८ गते । उत्तरी मोरङको लेटाङ नगरपालिकाको १ नं. वडाका ६ वटा सरकारी विद्यालयमा आइतबार स्व–अध्ययन सामग्री वितरण गरिएको छ ।
कोरोना भाइरस कोभिड १९ को कारण बिद्यालय बन्द भएपछि उत्तरी मोरङका विकट गाउँहरूमा पठन पाठन ठप्प थियो । बैकल्पिक शिक्षा प्रदान गर्ने आधुनिक प्रणालीको पहुँचमा नपुगेको नगरको वडा नं. १ मा स्वअध्ययन साग्री वितरण गरेसँगै पठन पाठनको ढोका खुलेको छ । शिक्षक र अभिभावकबाट बालबालिकाहरुलाई अध्यापन गराउने शिक्षण बिधि स्वअध्ययन शिक्षण सामग्री नगरप्रमुख शङ्कर राईले बिद्यार्थीलाई हस्तान्तरण गर्दै सुरुवात गर्नुभयो ।

बिषम परिस्थितिमा बिद्यालय बन्द हुँदा समेत बालबालिकाको पढाईलाई निरन्तरता दिने उदेश्यले बिद्यार्थीलाई स्व–अध्ययन सामाग्री बितरण गरिएको हो । पहिलो चरणमा परिक्षणको लागि लेटाङ नगरपालिका वडा नम्बर १ र पहाडी ग्रामीण बिकास संस्था उत्तरी मोरङ, हर्डनको ग्रामीण शिक्षा परियोजनाले संयुक्त रुपमा लेटाङ १ का सामुदायिक बिद्यालयहरुमा अभियान सञ्चालन गरेका हुन् । लेटाङ १ को साग्मा मा.बि. मा वडामा रहेका सामुदायिक बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अभिभावकहरुलाई अनुशिक्षण कार्यक्रम गरी कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई स्व–अध्ययन सााग्री बितरण गरी अभियान सुरु गरिएको हो ।

बैकल्पिक माध्यमको रुपमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले वेबसाईड मार्फत ४५ दिनमा सम्पन्न गर्न सकिने स्व–अध्ययन सामग्री राखेको छ । तर, ईन्टरनेटको पहुँचभन्दा बाहिर रहेका बालबालिकाले सो सुविधा लिन नसकेपछि नगरको वडा नं. १ र हर्डनको संयुक्त लगानीम पुस्तक छपाएर विद्यार्थीलाई बितरण गरी अभियानको सुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?