logo
२०८१ बैशाख २६ बुधवार



विवरण बुझाउन आह्वान

अर्थ |


विवरण बुझाउन आह्वान


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २९ गते । आन्तरिक राजस्व विभागले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाएका कम्पनीहरूलाई आगामी फागुन मसान्तसम्म बुझाउन आह्वान गरेको छ । विभागले देशभरका २९ हजार ४४७ कम्पनीको नामसमेत सार्वजनिक गरेर कर तिर्न सो अवधिभित्र आएमा जरिवानासमेत आधा छुट हुने व्यवस्था गरेको जनाएको छ ।
उद्यम–व्यवसाय गर्न कम्पनी दर्ता गर्ने, कर प्रयोजनमा पनि दर्ता हुने तर कर विवरण दाखिला गर्न नआउने फर्म तथा कम्पनीको सङ्ख्या बढ्दै गएपछि उनीहरूलाई एक अवसरका रूपमा यस्तो सूचना सार्वजनिक गरिएको विभागको सञ्चालन महाशाखा प्रमुख मुक्ति पाण्डेले बताउनुभयो । सूचनाअनुसार अब आर्थिक वर्ष २०७५ असार मसान्तसम्मको कर विवरण पेस नगरेका करदाताले आफूले बुझाउनुपर्ने करको विवरण कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशत बुझाएमा बाँकी रकम मिनाहा गरिने उल्लेख छ ।
यसमा कतिपय प्रतिष्ठित उद्योग तथा व्यवसायीको स्वामित्वमा रहेका कम्पनी तथा फर्म पनि भ्याट नतिरेको सूचीमा परेका छन् । आर्थिक ऐन २०७७ को दफा २१ (३) मा भएको व्यवस्थाअनुरूप विभागले यस्तो छुट र कम्पनीको सूची सार्वजनिक गरेको जनाइएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?