logo
२०८१ बैशाख १५ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. विश्व बसोवास दिवस २०२० को नारा के हो ?
 (हङ्गर फर अल, अ बेटर अर्बन फ्युचर (सबैका लागि आवास ः समृद्ध सहरी विकास)
– संयुक्त राष्ट्रसङ्घीय बसोवास कार्यक्रम (युन–ह्याविटेट)ले सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबरको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने निर्णय गरेअनुसार सन् २००१ देखि नेपालमा पनि यो दिवस मनाउँदै आइएको ।
– नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३७, धारा ४० को उपधारा ६ र धारा ४२ को उपधारा २ बाट आवासको हकलाई मौलिक हकका रूपमा अङ्गीकार गरी सबै नागरिकको सुरक्षित, उपयुक्त र वातावरणमैत्री आवासको अधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गर्ने तथा आवासविहीन नागरिकलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको ।
– नेपालको १५औँ योजनाको अन्त्यसम्ममा सुरक्षित आवासमा बसोवास गर्ने जनसङ्ख्या (राष्ट्रिय भवन संहिताको मापदण्डअनुसार निर्मित) ३७.८ प्रतिशतबाट ६० प्रतिशत पु¥याउने, आफ्नै स्वामित्वको आवासमा बसोवास गर्ने परिवार ८९ प्रतिशत पु¥याउने, विभिन्न तहका सरकारी तथा निजी क्षेत्रसमेतको सहभागितामा १० लाख आवास इकाइ तथा एक लाख आवासीय फ्ल्याट (तला) निर्माण गर्ने योजना रहेको ।

२. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?
 रु. २० हजार ५४३ ।
– प्रतिवेदनअनुसार देशभर १७ लाख नौ हजार व्यक्ति विभिन्न सङ्घ संस्थामा तलब पाउनेगरी संलग्न रहेका ।
– संस्थाको प्रकृतिअनुसार मासिक औसत तलबमा पनि व्यापक अन्तर देखिएको । ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ, मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय तथा साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक औसत तलब १६ हजार सात सय ६८ रुपियाँ रहेको । ठूला संस्था र लघुप्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै १० हजार रुपियाँभन्दा बढी रहेको ।
– प्रतिवेदनअनुसार वार्षिक चार खर्व २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको देखिएको । यद्यपि, अध्ययनमा समेटिएका त्यस्ता संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबकोे हिस्सा निकै कम रहेको । देशैभर गरी प्रतिवेदनले समेटेका दुई लाख १९ हजार तीन सय संस्थाले वार्षिक २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेको पाइएको । त्यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी सात खर्ब दुई अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन गरेको प्रतिवेदनले औँल्याएको । कुल आर्जनमध्ये नाफाको हिस्सा २८.३ प्रतिशत रहेको । त्यस्तै, तलबबापतको खर्च भने १६.९ प्रतिशतमात्र रहेको । अर्थात् कर्मचारीको तलबभन्दा यस्ता संस्थाले गरेको नाफा दुई खर्ब ८१ अर्ब रुपियाँ बढी रहेको ।
– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरी त्यसैअनुसार तथ्याङ्क सङ्कलन गरिएको । त्यसमध्ये दर्ता भएर सञ्चालनमा आएका संस्थाले वार्षिक चार खर्ब छ अर्ब र दर्ता नभई सञ्चालनमा रहेका उद्योग÷संस्थाले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।
धेरै तलब वितरण हुने जिल्लाहरू
जिल्ला तलब
काठमाडौँ १ खर्ब ४० करोड
ललितपुर ३१ अर्ब ९३ करोड
मोरङ २० अर्ब ९१ करोड
रूपन्देही १८ अर्ब ४५ करोड
कास्की १८ अर्ब ३१ करोड

कम तलब वितरण हुने जिल्लाहरू
जिल्ला तलब
रुकुम पूर्व १० करोड
मनाङ १० करोड ३० लाख
रसुवा १७ करोड ३० लाख
डोल्पा १९ करोड ५० लाख
हुम्ला २९ करोड ८० लाख


३. नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘अमरकोश’को प्रथम संस्करण कहिले प्रकाशित भएको हो ?
 विक्रम संवत् २०२६ ।
(ऐतिहासिक महŒवको अमरग्रन्थ ‘अमरकोश’को दोस्रो संंस्करण २०७७ (प्रथम संस्करण प्रकाशित भएको ५१ वर्षपछि)मा प्रकाशित भएको ।)

४. नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता कहिले पाएको हो ?
 विसंं २०५९ असोज १० ।
(१२ हप्तासम्मको गर्भपतनलाई मान्यता दिइएको । विशेष अवस्थामा २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृति दिएको ।)

५. विश्व बैङ्कद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
 ०.६ प्रतिशत ।
– सन् २०२० अक्टोबर ८ मा सार्वजनिक साउथ एसिया इकोनोमिक फोकस प्रतिवेदनमा सो कुरा उल्लेख भएको ।
– चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नेपालको आर्थिक वृद्धिदर सात प्रतिशत हुने उल्लेख रहेको ।

६. काठमाडौँ उपत्यकामा विद्युतीय बस सेवाको सुरुवात कहिलेदेखि गरिएको हो ?
 विसं २०७६ भदौ २३ ।

७. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?
 विसं २०६४ ।

८. सन् २०२० या प्रदान गरिने चिकित्साशास्त्रतर्फको नोबल पुरस्कारबाट सम्मानित हुने वैज्ञानिक को–को हुन् ?
 माइकल हटन (बेलायत), हार्भी अल्टर (अमेरिका) र चाल्र्स राइस (अमेरिका) ।
(हेपाटाइटिस ‘सी’ भाइरस पत्ता लगाउने तीन चिकित्साशास्त्रका वैज्ञानिकलाई यस वर्षको नोबल पुरस्कार प्रदान गरिएको । तीन वैज्ञानिकको आविष्कारले संसारमा लाखौँ व्यक्तिको ज्यान रक्षा गर्न मद्दत पु¥याएको नोबल पुरस्कार कमिटीले जनाएको ।)

९. सन् २०२० मा भौतिकशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?
 रोजर पेनरोज (बेलायत), रेनहार्ड गेन्जेल (जर्मनी) र एन्ड्रिया गेज (अमेरिका) ।
(ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्यमध्यको एक ब्ल्याक होलको अनुसन्धानमा पु¥याएको योगदानको कदरस्वरूप सो पुरस्कार प्रदान गरिएको ।)
१०. सन् २०२० को साहित्यतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?
 अमेरिकी कवयित्री लुइस ग्लक ।
– अत्यन्तै सुन्दर शैलीमा व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाउने अतुलनीय काव्यात्यक सिर्जनाको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको ।
– सन् १९०१ बाट सुरु भएको नोबल पुरस्कारको १ सय १९ वर्षको इतिहासमा दुईपटक साहित्यतर्फको पुरस्कार स्थगित हुन पुगेको । सन् १९४३ मा द्वितीय विश्वयुद्धका क्रममा पहिलोपटक स्थगित भएको थियो भने दास्रोपटक सन् २०१८ मा स्वीडिस एकेडेमीको निर्णायक मण्डलका सदस्य क्याट्रिनका पति र फ्रान्सिसी फोटोग्राफर जेन क्लोड अर्नाल्टमाथि यौनशोषणको आरोप लागेका कारण स्थगित गरिएको ।

११. सन् २०२० को नोबल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
 विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ।
(खाद्यान्न सङ्कटबाट प्रभावित समक्ष सुरक्षित खाद्य सामग्री पु¥याउन गरेको कार्यका लागि ।)

१२. सन् २०२० को रसायनशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?
 जेनिफर ए डाउड्ना (अमेरिका) र इम्यानुयल सार्पेन्टियर (फ्रान्स) ।
– जिनोम एडिटिङमा सटिक विधि पत्ता लगाएबापत उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको । यस विधि र उपकरणको प्रयोगबाट शोधकर्ताहरू जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरूको डीएनएमा अत्यन्तै सटिक हेरफेर गर्न सक्षम भएका ।
– अमेरिकी बायोकेमिस्ट जेनिफर ए डाउड्ना र फ्रेन्च माइक्रो–बायोलोजिस्ट इम्यानुयल संयुक्त रूपमा नोबल पुरस्कार पाउने पहिलो महिला हुन् भने रसायनशास्त्रतर्फको पुरस्कार जित्ने छैटौँ र सातौँ महिला हुन् ।

१३. सन् २०२० को अर्थशास्त्रतर्फको नोबल पुरस्कार विजेता अर्थशास्त्री को हुन् ?
 पल आर मिलग्रोम (अमेरिका) र रोबर्ट बी विल्सन (अमेरिका)

१४. वाल्मीकि आश्रम कहाँ पर्छ ?
 चितवन ।

१५. प्रदेश ५ को प्रदेशसभा बैठकले प्रदेशको नाम के तय गरेको छ ?
 लुम्बिनी (विसं २०७७ असोज २०) ।
– प्रदेशसभा बैठकले स्थायी राजधानी र प्रदेशको नामकरण दुईतिहाइ बहुमतबाट पारित गरेको ।
– यससँगै प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यका क्षेत्र तय भएको ।

१६. नेपालको पहिलो वन्यजन्तु अस्पताल कहाँ स्थापना गरिएको छ ?
 सौराहा (चितवन) ।

१७. नेपाली सेनाद्वारा विसं २०७६ भदौ ११ मा सार्वजनिक गरिएको विस्तृत आयोजना प्रतिवेदनअनुसार काठमाडौँ–तराई द्रुत मार्ग (खोकना–निजगढ)को लम्बाइ कति कायम हुने उल्लेख छ ?
 ७२.५ किमि ।
(यसअघि सो मार्ग ७६.२ किमि लम्बाइको हुने उल्लेख ।)

१८. सन् २०३० सम्म पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रतिबन्ध गर्ने घोषणा कुन देशले गरेको छ ?
 आयरल्यान्ड ।

१९. पछिल्लोपटक प्रकाशित एक प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?
 चीन ।

२०. अमेरिकाले इरानी सैनिकलाई आतङ्कवादी सङ्गठन घोषणा कहिले गरेको हो ?
 सन् २०१९ अप्रिल ९ ।
– विसं २०७६ वैशाख ५ (आव २०७६÷७७ देखि) ।

२१. विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्नेसम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर गरियो ?
 विसंं २०७७ असोज १९ ।
– नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच त्रिपक्षीय समझदारीपत्रमा पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य भएको ।
– प्राधिकरणमातहतमा रहेको विमानस्थल स्तरोन्नतिका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिका पनि लागत साझेदारी गर्ने । आयोजनाका लागि आठ अर्ब रुपियाँ लागत अनुमान गरिएको ।

२२. बुटवल र नेपालगन्जमा ‘हर्न’ निषेधको घोषणा कहिले गरिएको हो ?
 विसं २०७५ मङ्सिर १ ।

२३. सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोद्वारा परीक्षण अघि बढाइएको विस्थापनको सूत्रसम्बन्धी वैज्ञानिक योगदानलाई पूर्णता दिन सफल नेपाली वैज्ञानिक को हुन् ?
 भविन्द्र कुँवर (म्याग्दी) ।

२४. सन् २०१८ मा आफूलाई औपचारिक रूपमा यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?
 इजरायल ।

२५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा इन्टरनेटबाट अश्लील सामग्रीको आदान–प्रदान, प्रकाशन एवम् प्रसारणमा बन्देज कहिले लगाइएको हो ?
 विसं २०७५ असोज ५ ।

२६. ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रयोगमा रोक लगाउनेसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश कहिले दिइएको थियो ?
 विसं २०७५ भदौ १७ ।

२७. कृषि आम्दानीको झन्डै दुईतिहाइ हिस्सा अलैँची खेतीले ओगट्ने जिल्ला कुन हो ?
 ताप्लेजुङ ।

२८. प्रशासन पुनःसंरचना आयोग, २०६५ रेखा शर्माको अध्यक्षतामा गठन गरिएको थियो भने प्रशासन सुधार सुझाव समिति–२०६९ कसको अध्यक्षतामा गठन गरियो ?
 काशीराज दाहाल ।

२९. अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिलेदेखि मनाउन थालिएको हो ? (गिद्दको फोटो है केशवजी)
 सन् २००९ ।
– विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि यसको संरक्षणमा सहभागिता जुटाउन गिद्ध सचेतना दिवस मनाउन थालिएको ।
– सिनो खाएर वातावरण सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार भनी चिनिने ।
– विश्वमा २३ प्रजाति र दक्षिण एसियामा नौ प्रजातिका गिद्ध पाइने ।
– गिद्ध विनाशको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक रहेको ।
– नेपालमा गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देशभर आधा दर्जनभन्दा बढी स्थानमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको । सन् २०१५ देखि २०१९ सम्म गिद्ध संरक्षण कार्ययोजना बनाएर संरक्षणको कार्य अघि बढाइएको ।

३०. गिद्ध प्रजनन केन्द्र चितवनमा रहेको छ भने सारस प्रजनन केन्द्र कहाँ रहेको छ ?
 कपिलवस्तु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?