logo
२०८१ बैशाख १४ शुक्रवार



गौतमको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरू 

राष्ट्रिय |


गौतमको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरू 


लक्की चाैधरी
काठमाडौं, असोज १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमकाे राष्ट्रियसभामा भएकाे नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई संवैधानिक इजलासमा शुरू भएकाे छ । सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलकाअनुसार बुधबार हेर्दा हेर्दैमा राखिएकाे साे मुद्दा अहिले प्रक्रियामा गइसकेकाे छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रियसभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर असोज ४ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचनमा वर्दिया १ बाट पराजित भएकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको भन्दै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासमा सुनुवाइ गर्दै हुनुहुन्छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको असोज ७ गतेको एकल इजलाशले उपाध्यक्ष गौतमको मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो ।
मन्त्रि परिषदको भदौ २९ गतेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको थियो । गौतमले सोही दिन साँझ ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप